काठमाण्डौ ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता, एमाले उम्मेदवार ५१ मतले पछाडि

काठमाण्डौ ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता, एमाले उम्मेदवार ५१ मतले पछाडि

समाचार

Sharing is caring!

काठमाण्डौ – प्रतिनिधि सभा  काठमाण्डौ ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पराजुली एमाले उम्मेदवारभन्दा ५१ मतले अघि हुनुहुन्छ । उहाँले अहिलेसम्म ३ हजार २ सय १२ मत प्राप्त गर्नुभएको छ ।

यसअघि अग्रता लिनुभएका नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरेले ३ हजार १ सय ६१ मत पाउनुभएको छ ।

माओवादी केन्द्रकी मानुषी यामी भट्टराई २ हजार ५ सय ३१ मतसहित तेस्रो स्थानमा हुनुहुन्छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *