» म जीवनका प्रतिकूलताहरुलाई सहज रुपमा ग्रहण गर्न सक्छु : रविन्द्र मिश्र

» म जीवनका प्रतिकूलताहरुलाई सहज रुपमा ग्रहण गर्न सक्छु : रविन्द्र मिश्र

समाचार

Sharing is caring!

काठमाण्डाै – गएको आइतवार भएको प्रतिनिधि सभा चुनावमा १ सय २५ मतले पराजित राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले झिनो अन्तरबाट पराजित हुनु परेकोमा अलिकति दु:खी भएको बताउनु भएको छ। तर आफू समाज र देश रूपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी दृढ भएको उहाँको भनाइ छ ।

सामाजिक सञ्जालमा मतदालालाई आभार व्यक्त गर्दै उहाँले  गएको पाँच वर्षको आफ्नो उतार–चढावपूर्ण राजनीति, चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीकाबीच पनि अहिले आफूले पाएको मतलाई टुट्न नदिने बताउनु भएको छ ।

उहाँले लेख्नु भएको छ : ‘झुठ बोलेर मत माग्दिनँ’ र ‘चुनाव जित्ने देश हार्ने राजनीति गर्दिनँ’ भन्ने मेरो दृढताको जगमा प्राप्त यो विश्वासका लागि म मतदाता तथा सबै शुभेच्छुकहरू गहिरो आभार प्रकट गर्न चाहन्छु। म त्यो शब्दमा व्यक्त गर्न सक्दिनँ ! यस पटक काठमाण्डौ क्षेत्र नं १ मा ‘चुनावी सङ्ग्राम’ मात्र भएको थिएन, त्यो ‘चुनावी महासङ्ग्राम’ थियो।

उहाँले आफू कर्मको फल आफ्नो नियन्त्रणमा छैन भन्ने विश्वास गर्ने व्यक्ति भएको पनि उल्लेख गर्नु भएको छ । उहाँले लेख्नु भएको छ : ‘तसर्थ, म जीवनका प्रतिकूलताहरूलाई सहज रूपमा ग्रहण गर्न सक्छु।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *