» चुनाव सकिएको दुई दिनपछि तेह्रथुममा मतगणना सुरु

» चुनाव सकिएको दुई दिनपछि तेह्रथुममा मतगणना सुरु

समाचार

Sharing is caring!

तेह्रथुम – तेह्रथुममा चुनाव सकिएको दुई दिनपछि मात्रै मतगणना सुरु भएको छ । मंगलबार दिउँसो २ बजेर ५० मिनेटदेखि प्रतिनिधि सभा र प्रदेश सभाको मतगणना सुरु भएको हो ।

प्रतिनिधि सभातर्फ  छथर गाउँपालिका  १ वडा कार्यालय, आङदिम (ख) केन्द्र र छथर गाउँपालिका ४ वडा निविन शिक्षा सदन फाक्चामारा केन्द्रको मतगणना हुँदै छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र १ तर्फको छथर गाउँपालिका  १ वडाबाट र प्रदेश सभा निर्वाचन क्षेत्र २ तर्फको आठराई गाउँपालिका ३ ह्वाकूबाट मतगणना सुरु भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *