» मोरङका ६ मध्ये तीन क्षेत्रमा सत्ता गठबन्धनको अग्रता

» मोरङका ६ मध्ये तीन क्षेत्रमा सत्ता गठबन्धनको अग्रता

समाचार

Sharing is caring!

विराटनगर । मोरङका तीनवटा क्षेत्रमा सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । प्रतिनिधिसभामा ६ वटा निर्वाचन क्षेत्रमध्ये तीनवटामा सत्तारुढ गठबन्धनका उम्मेदवारले अग्रता लिएका हुन् । दुई क्षेत्रमा एमाले र एउटा क्षेत्रमा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

क्षेत्र नम्बर ३, ४ र ६ मा गठबन्धनका उम्मेदवारले अग्रता लिएका छन् । १ र २ मा नेकपा एमाले र ५ मा स्वतन्त्र उम्मेदवारले अग्रता लिएका छन् ।

मोरङ क्षेत्र नम्बर १ मा नेकपा एमाले उम्मेदवार घनश्याम खतिवडा ७ हजार २९ मतसहित अगाडि छन् ।  कांग्रेसका डिगबहादुर लिम्बू ६ हजार ४५८ मतसहित दोस्रो स्थानमा दुई उम्मेदवारबीचको मतान्तर ५७१ छ ।

मोरङ २  मा पनि एमालेका ऋषिकेश पोखरेल अगाडि छन् । ९ हजार ९६८ मतसहित अग्रता बनाएका छन् । नेपाली कांग्रेस उम्मेदवार सुजाता कोइराला ८ हजार ९०७ मतसहित पछ्याइरहेकी छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *