योगेश भट्टराई मतान्तर घटाउँदै, बुढाक्षेत्रीसँग कडा प्रतिस्पर्धा

योगेश भट्टराई मतान्तर घटाउँदै, बुढाक्षेत्रीसँग कडा प्रतिस्पर्धा

समाचार

Sharing is caring!

ताप्लेजुङ – नेकपा एमालेका सचिव योगेश भट्टराई र गठबन्धन तर्फका उम्मेदवार माओवादीका खेलप्रसाद बुढाक्षेत्रीको कडा प्रतिस्पर्धा देखिएको छ ।

गठबन्धनका खेलप्रसाद बुढाक्षेत्रीले १७ हजार ७१३ मत प्राप्त गर्नु भएको छ भने सचिव भट्टराईले १७ हजार ६२२ मत प्राप्त गर्नु भएको छ । उहाँहरुको मतान्तर ९१ मात्र रहेको छ ।

अहिले सम्ममा ३८ हजार ८ सय १७ मत गणना भएको छ  भने ९ हजार ५५५ मत गर्न बाँकी छ ।

दुईवटा ठाउँ बनाएर मतगणना गरिँदै छ । दुवैमा प्रतिनिधि सभाको मत गणना गरिँदै गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

ताप्लेजुङ जिल्लामा ८८ हजार २८५ मतदाता रहेकोमा  प्रतिनिधि प्रत्यक्षतर्फ ४८ हजार ३७२ मतखसेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *