» दाङ २ (क) मा कांग्रेसका खनाल विजयी

» दाङ २ (क) मा कांग्रेसका खनाल विजयी

समाचार

Sharing is caring!

दाङ – दाङ क्षेत्र नम्बर २ काे प्रदेश सभा (क) मा सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार राजु खनाल विजयी हुनुभएको छ । खनालले १५ हजार ६ सय १६ मत प्राप्त गर्नुभएकाे मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका बलिभद्र रानाले १४ हजार ४ सय ४९ मत प्राप्त गर्नुभएको छ । यस क्षेत्रमा बङ्गलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिका– ४, १३, १४, १५, १७, १८ र १९ नं वडा पर्दछन् । यस क्षेत्रमा ३७ हजार ८६ मत खसेको र १ हजार ४ सय ८५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्कीले बताउनुभयाे ।

खनाल २०७० मा दाङ–३ बाट संविधान सभा सदस्यमा निर्वाचित हुनुभएको थियो । २०७४ मा खनाल यस क्षेत्रबाट माओवादी केन्द्रका नेता कृष्णबहादुर महरासँग पराजित हुनुभएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *