मकवानपुर २ को (ख) एमालेका लाल बहादुर थापालाई पराजित गर्दै इन्द्र बानियाँको जित

मकवानपुर २ को (ख) एमालेका लाल बहादुर थापालाई पराजित गर्दै इन्द्र बानियाँको जित

समाचार

Sharing is caring!

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–२ को प्रदेशसभा (ख) मा नेकप एमालेका उम्मेदवार लाल बहादुर थापालाई पराजित गर्दै गठवन्धनका उम्मेद्वार इन्द्र बहादुर बानियाँ विजयी भएका छन् । नेपाली कांग्रेसका बागमती प्रदेश सभापति समेत रहेका बानियाँले एमाले मकवानपुरका उपाध्यक्ष थापालाई पराजित गर्दै बिजयी भएका हुन् ।

हेटौंडाको शिद्धार्थ माध्यमिक बिद्यालयमा यस प्रदेशसभा क्षेत्रको मतगणनाको सुरुवाती देखि बानियाँ अगाडि लागेका थिए । थापाले एक पटक पनि बानियाँलाई मतगणनाको क्रममा रोक्न सकेनन् । मतगणनाको क्रममा फराकिलो मतान्तर केही स्थानमा घटाए पनि धेरैजसो स्थानमा बानियाँ अगाडि लागेका थिए ।

बानियाँ विजयी भएपनि मकवानपुर क्षेत्र नम्बर–२ को निर्वाचन अधिकृतको कार्यालयले घोषणा गर्न भने बाँकीनै छ । बानियाँले जितेपनि निर्वाचन अधिकृतको कार्यालेले कसले कती मत ल्याए भन्ने कुरा घोषणा गर्न भने बाँकी छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *