» विश्वकप फुटबलः जापानको सनसनीपूर्ण जीत

» विश्वकप फुटबलः जापानको सनसनीपूर्ण जीत

समाचार

Sharing is caring!

बुधबार भएको विश्वकप फुटबलमा एसियाली मुलुक जापानले चारपटकसम्म विश्व विजेता बनेको जर्मनीलाई २–१ गोल अन्तरले पराजित गरेको छ ।

खेलको पहिलो चरणमा इल्के गुन्डोगानले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएपनि जापानका खेलको ७५ औं मिनेटमा रित्सु डोआन र ८३ औं मिनेटमा ताकुमा असानोले गरेको गोलको मद्दतमा जापानले जर्मनीलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

जर्मनी विश्वकप फुटबलको दाबेदारमध्येको एउटा टोली हो भने जापान एसियाको राम्रो भविष्य बोकेको उदीयमान समूह हो ।

यसअघि, विश्वकप समूह ‘एफ’ अन्तर्गत आजै भएको खेलमा क्रोएसिया मोरक्कोसँग गोलरहित बराबरी खेलेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *