» सुर्खेत–२(१) मा एमालेका यामलाल कँडेल निर्वाचित

» सुर्खेत–२(१) मा एमालेका यामलाल कँडेल निर्वाचित

समाचार

Sharing is caring!

सुर्खेतको प्रदेशसभा निर्वाचन क्षेत्र २९१० मा नेकपा एमालेका यामलाल कँडेल निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका कालीप्रसाद शाक्यलाई १६१ मतान्तरले पछि पार्दै कँडेल निर्वाचित भएका हुन् ।

कँडेल १८ हजार ५६१ मतले विजयी हुँदा शाक्यले १८ हजार ४०० मत प्राप्त गरे । एमालेका स्थायी कमिटी सदस्य र कर्णाली प्रदेश इन्चार्ज रहेका कँडेल यसै क्षेत्रका निवर्तमान प्रदेशसभा सदस्य हुन् ।

उनले २०७४ सालमै मुख्यमन्त्रीको आकांक्षासहित प्रदेशसभा रोजेका थिए । तत्कालीन नेकपामा प्रदेश सरकारको नेतृत्वलाई लिएर एमाले र माओवादी केन्द्रबीचको भागबण्डामा हुँदा उनी मुख्यमन्त्री बन्न पाएनन्, माओवादी केन्द्रका महेन्द्रबहादुर शाही मुख्यमन्त्री बने ।

नेकपा विघटनपछि प्रदेशसभामा सबैभन्दा ठूलो दल एमाले हुँदा समेत तत्कालीन माधव नेपाल निकट ४ सांसदले फ्लोर क्रस गर्दा कँडेल मुख्यमन्त्री निर्वाचित हुन सकेनन् । एमालेबाट कँडेलसँगै कर्णाली प्रदेशसभामा जुम्ला ९२० का टेकराज पछाई निर्वाचित भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *