मकवानपुर क्षेत्र नम्बर–१ मा दिपक बहादुर सिंहको जित सुनिस्चित

मकवानपुर क्षेत्र नम्बर–१ मा दिपक बहादुर सिंहको जित सुनिस्चित

समाचार

Sharing is caring!

हेटौंडा । मकवानपुर क्षेत्र नम्बर–१ मा राष्ट्रिय प्रजातन्त पार्टीका नेता दिपक बहादुर सिंहको जित शुनिस्चित भएको छ । मतगणनामा सुरुवाती चरण देखि पछी परेका सिंहले हेटौंडा बजार र आसपासको क्षेत्रमा धेरै मत प्राप्त गर्दा जित नजिक पुगेका हुन् ।

सुरुवाती देखि गठवन्धनका उम्मेदवार महालक्ष्मी डिना उपाध्याय अगाडि लागेपनि हेटौंडाको धेरै वटा वडामा सिंहले धेरै मत ल्याएका कारण जित नजिक भएका हुन् ।

नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका कमल थापा मतगणनामा सुरुवाती देखिनै दोस्रो स्थानमा रहेपनि सिंहले मकवानपुरको बागमती र बकैया गाउँपालिकामा खासै मत ल्याउन सकेका थिएनन् । उपमहानगरपालिकाका केही वडामा सबै भन्दा धेरै मत ल्याएकै कारण सिंहले जित्ने पक्का भएको छ । मतगणना सकिनै लागेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *