मकवानपुर क्षेत्र नम्बर–१ मा राप्रपाका दिपक बहादुर सिंह बिजयी

मकवानपुर क्षेत्र नम्बर–१ मा राप्रपाका दिपक बहादुर सिंह बिजयी

समाचार

Sharing is caring!

हेटौंडा । मकवानपुर प्रतिनिधीसभा तर्फ क्षेत्र नम्बर–१ मा राष्ट्रिय प्रजातन्त पार्टीका नेता दिपक बहादुर सिंह बिजयी भएका छन् । उनले नेपाली कांग्रेसका सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) र राप्रपा नेपालका अध्यक्ष तथा एमालेका उम्मेदवार कमल थापालाई पराजित गर्दै बिवजयी भएका हुन् । स्थानीय तह चुनाबमा हेटौंडाको मेयरमा एमाले र सत्ता गठवन्धनका उम्मेदवारसंग प्रतिस्पर्धामा आएका सिंह फेरी प्रतिनिधी सभामा चुनाब लड्दै विजयी भएका हुन् ।

पहिले आफु एउटै पार्टीमा रहँदा गुरु मान्दै आएका कमल थापा र कांग्रेसका सहमहामन्त्री डिनालाई पराजित गरेर सिंह विजयी भएपछी अहिले मकवानपुरमा निकै हलचल मच्चिएको छ । मतगणनामा सुरुवाती चरण देखि पछी परेका सिंहले हेटौंडा बजार र आसपासको क्षेत्रमा धेरै मत प्राप्त गर्दा बिजयी भएका हुन् । सुरुवाती देखि गठवन्धनका उम्मेदवार महालक्ष्मी डिना उपाध्याय अगाडि लागेपनि हेटौंडाको धेरै वटा वडामा सिंहले धेरै मत ल्याएका कारण जितेका हुन् । नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका कमल थापा मतगणनामा सुरुवाती देखिनै दोस्रो स्थानमा रहेपनि सिंहले मकवानपुरको बागमती र बकैया गाउँपालिकामा खासै मत ल्याउन सकेका थिएनन् । उपमहानगरपालिकाका केही वडामा सबै भन्दा धेरै मत ल्याएकै कारण सिंहले जितेका हुन् । सिंहले जितीसकेपनि मुख्य निर्वाचन अधिकृतको कार्यालय मकवानपुरले भने मतपरिणाम घोषणा गर्न बाँकी रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *