» निवर्तमान सांसदद्वय श्रेष्ठ र मानन्धरको जोगिएन जमानत

» निवर्तमान सांसदद्वय श्रेष्ठ र मानन्धरको जोगिएन जमानत

समाचार

Sharing is caring!

काठमाडौं । निवर्तमान सांसदद्वय जनता समाजवादी पार्टी (जसपा)का राजेन्द्र श्रेष्ठ र एमाले परितयाग गरेका रामवीर मानन्धर काठमाडौं निर्वाचन क्षेत्र नम्बर ७ बाट पुनः प्रतिनिधि सभा सदस्यमा उम्मेदवार थिए । तर, दुवैले जमानत जोगाउन सकेनन् ।

यस क्षेत्रको कुल सदर मत ३६ हजार ६१ रहेको छ । श्रेष्ठले कुल सदर मतको ६.८ प्रतिशत र मानन्धरले ३.४ प्रतिशत मत प्राप्त गरे ।

सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ । कानुन अनुसार प्रतिनिधि सभातर्फका उम्मेदवारले मनोनयन दर्ता गर्दा धरौटीबापत रकम १० हजार जम्मा गर्नुपर्ने हुन्छ ।

०७४ को निर्वाचनमा यही क्षेत्रबाट मानन्धर विजयी भएका थिए । त्यसबेला उनले १८ हजार १०२ मत ल्याएर चुनाव जितेका थिए । यसपटक पनि एमालेबाटै टिकटमा दाबेदार थिए । पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका मानन्धरले जम्मा एक हजार २१५ मत प्राप्त गरे ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *