कमल थापाद्वारा पराजय स्वीकार, आफूलाई विश्वास गरेकोमा ओलीलाई धन्यवाद

कमल थापाद्वारा पराजय स्वीकार, आफूलाई विश्वास गरेकोमा ओलीलाई धन्यवाद

समाचार

Sharing is caring!

काठमाण्डाै – राप्रपा नेपालका अध्यक्ष कमल थापाले पराजय स्वीकार गर्नु भएको छ । एमालेको सूर्य चिह्न लिएर मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ बाट चुनावमा उठेका थापाले नतिजा नआउँदै हार स्वीकार गर्नु भएको हो ।

उहाँले अहिलेसम्म २४ हजार ७ सय ७० मत प्राप्त गर्नु भएको छ । उहाँ यो क्षेत्रमा तेस्रो स्थानमा हुनुहुन्छ । राप्रपाका दीपकबहादुर सिंह २६ हजार ७ सय ७१ मतसहित अग्रस्थानमा रहँदा कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना २५ हजार ३ सय १९ मतसहित दोस्रो स्थानमा हुनुहुन्छ । लगभग हार पक्का भएपछि थापाले सामाजिक सञ्जालमार्फत् हार स्वीकार गर्नु भएको हो ।

यस्तै, उहाँले आफूलाई विश्वास गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद दिनु भएको छ ।

उहाँले लेख्नु भएको छ : ‘मलाई विश्वास गर्नु भएकोमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई धन्यवाद । तर, तपाईँको विश्वास जोगाउन नसकेकोमा दु:खी छु । तपाईँलाई मेरो शुभकामना ।’ यसअघि पनि उहाँले पराजयलाई आफूले सहर्ष स्वीकार गर्ने भन्दै स्टाटस लेख्नु भएको थियो । उहाँले मत दिने सबैमा आभार व्यक्त गर्नुभएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *