लुम्बिनी प्रदेश सभा सदस्यमा २८ वर्षीय उम्मेदवार अनुराग खड्का विजयी

लुम्बिनी प्रदेश सभा सदस्यमा २८ वर्षीय उम्मेदवार अनुराग खड्का विजयी

समाचार

Sharing is caring!

दाङ – दाङ क्षेत्र नम्बर १ प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार २८ वर्षीय अनुराग खड्का प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँ १६ हजार २ सय २२ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कुलबहादुर खत्रीले १३ हजार १ सय ७० मत प्राप्त गर्नुभयो ।

खत्रीलाई ३ हजार ५२ मतान्तरले पराजित गर्दै खड्का विजयी हुनुभयो । उहाँ स्वर्गीय नेता खुमबहादुर खड्काका छोरा हुनुहुन्छ । उहाँ लुम्बिनी प्रदेशसभामा निर्वाचित हुने सबै भन्दा कान्छा सदस्य हुनुहुन्छ  ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *