एमालेलाई मतदान गरेकोमा निर्वाचन परिचालन कमिटीको धन्यवाद र विजयीलाई बधाई

एमालेलाई मतदान गरेकोमा निर्वाचन परिचालन कमिटीको धन्यवाद र विजयीलाई बधाई

समाचार

Sharing is caring!

हेटौंडा । प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचन अन्तरगत मकवानपुरमा एमालेका उम्मेदवारलाई मतदान गरेकोमा नेकपा एमाले मकवानपुरको निर्वाचन परिचालन कमिटीले धन्यवाद ज्ञापन गरेको छ । मकवानपुरका दुइ वटा प्रतिनिधीसभा र चार वटा प्रदेशसभा निर्वाचनमा एमालेका उममेदवारलाई मतदान गरेकोमा निर्वाचन परिचालन कमिटीका संयोजक अनन्त पौडेलले आम मतदाताहरुलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

जिल्लाभरबाट एमालेलाई उत्साहजनक मत प्राप्त भएको र दुइ जना उम्मेदवार बिजयी समेत गराउन सफल भएको पौडेलले वताउनुभयो । सत्ता गठवन्धनको घेरावन्दीका बिचमा पनि एमालेले मकवानपुर जिल्लामा धेरै मत पप्त गरेको र संघीय निर्वाचन क्षेत्र नम्बर–२ मा महेश कुमार वर्तौला र प्रदेश निर्वाचन क्षेत्र अन्तरगत मकवानपुर क्षेत्र नम्बर–१ को (ख) मा एकालाल श्रेष्ठ बिजयी हुनु भएकोमा बधाइ दिदै मतदाताहरुलाई उहाँले धन्यवाद समेत दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *