» शेरधनले हारे, सुदनले २३ सय मतान्तरले जिते

» शेरधनले हारे, सुदनले २३ सय मतान्तरले जिते

समाचार

Sharing is caring!

पूर्वमुख्यमन्त्री शेरधन राईले भोजपुरमा प्रदेश नं १ मा हारेका छन् । राईलाई सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का सुदन किराँतीले हराएका हुन् ।

किराँतीले राईलाई दुई हजार तीन सय ८५ मतान्तरले पराजित गरेका हुन् ।

किराँती तेस्रो पटक सांसदमा विजयी भएका हु्न् । उनले २८ हजार पाँच सय ७८ मत प्राप्त गरे भने एमालेका राईले २६ हजार एक सय ९३ मत प्राप्त गरे ।

 

यस क्षेत्रमा कूल एक लाख २३ हजार तीन सय ७९ मतदाता रहेकामा ६१ हजार आठ सय ३० जनाले मतदान गरेका थिए । तीन हजार एक सय ६८ मत बदर भएको थियो ।

भोजपुरमा प्रतिनिधिसभातर्फ १२, प्रदेशसभा ९१० मा सात तथा प्रदेशसभा ९२० मा छ उम्मेदवारले निर्वाचनमा भाग लिनुभएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *