रौतहट-२ मा भत्कियो अफताबको गढ

रौतहट-२ मा भत्कियो अफताबको गढ

समाचार

Sharing is caring!

रौतहट । रौतहट क्षेत्र नम्बर २ मा ३१ वर्षपछि आलम परिवार भन्दा बाहिरको व्यक्ति प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

२०४८ को आम निर्वाचनमा रौतहटको राजपुरमा शेख इद्रिस प्रतिनिधिसभा सदस्यका रुपमा निर्वाचित भएपछि २०७४ सालसम्म यो क्षेत्रको राजनीति उनकै परिवारको सेरोफेरोमा केन्द्रित थियो ।

काका शेख इद्रिसपछि मोहम्मद अफताब आलम नेपाली कांग्रेसका नेताका रुपमा उक्त क्षेत्रबाट उदाए । आलमले रौतहट क्षेत्र नम्बर २ बाट २०५६ र २०६४ सालको निर्वाचनमा विजय हासिल गरे । २०७० को निर्वाचनमा उनी मुस्ताक आलमसँग पराजित भए । तैपनि यो क्षेत्रको राजनीति उनको पकडमै रह्यो । आलम पुनः २०७४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए ।

कार्यकाल बाँकी हुँदैमा राजपुर बमकाण्डका आरोपीका रुपमा आलम पक्राउ परे र हाल उनी पुर्पक्षका लागि नख्खु कारागारमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *