» पर्सामा महिला विजेता ‘शून्य’

» पर्सामा महिला विजेता ‘शून्य’

समाचार

Sharing is caring!

काठमाडौंमा स्वतन्त्रबाट उठेका कान्छो महिला उम्मेदवारको मत परिणमले देशका ठूला पार्टीसमेत थरथरी पारेको योपटकको निर्वाचनमा पर्सामा भने महिला उम्मेदार सबै पराजित भएका छन् । उनीको पराजित परिणामले जिल्लामा महिला विजेताको संख्यामा योपटक शून्यता छाएको छ ।

कुल १ सय ६१ उम्मेदवार रहेको पर्सामा तीन जना मात्र महिला उम्मेदवार थिए । त्यसमा पनि हेभिवेटका दुई महिलाको जमानत जफत नै भयो । फलतः पर्सामा काठमाडांै जस्तो महिला विजेताको अवस्था सन्तोषजनक नभएको हो । महिलाको संख्या ३३ प्रतिशत पु¥याउनुपर्छ भन्ने संविधानतः तथ्यमा गठबन्धनको कु–चक्रले राजनीतिक दलले उम्मेदवार उठाउने समयमा नै यतिकै महिलामाथि बक्रेदृष्टि राखेका थिए ।

त्यहि हुँदा पर्सामा सत्ता गठबन्धन र एमाले जसपा गठबन्धनको भागीमा केवल एक– एक महिला उम्मेदवार मात्र परेका थिए । त्यो पनि प्रतिनिधिसभातर्फ नभई प्रदेशसभातर्फ पर्साको क्षेत्र नम्बर ४ को २ र ३ को पनि २ मा मात्र । यो संख्याले जिल्लालाई महिला उम्मेदवारको संख्या शून्य हुनबाट जोगाएको थियो ।

जिल्लाका हेभिवेटमध्येकी चर्चित महिला नेत्री पूर्वराज्यमन्त्री करिमा वेगम आफंै स्वतन्त्रबाट उठेपछि पर्सामा महिला उम्मेदवारको संख्या कुल ३ सुनिश्चित भएको थियो । तर, निर्वाचित हुने संख्यामा भने एक जना महिला उम्मेदवारले पनि विजयको माला लगाउन सकेनन् । विजयी हुने कुरा पर्साका महिला उम्मेदवारका लागि फलामे ढोका पार गर्न सहर नै बन्यो ।

स्वतन्त्र उम्मेदवारी दिएकी पूर्व राज्य मन्त्री वेगम पर्साका कुल उम्मेदवारमध्ये हेभिवेट नेतामा पर्थिन् । त्यसैगरी, महिला आयोगकी पूर्वअध्यक्ष चाँद तारादेवी (शेख चाँद तारा) पनि समग्रमा हेभिवेटकै दाँजोमा थिइन् । उनीहरूले जमानत पनि कटाउन नसकेपछि काठमाडांैको परिणाम जस्तो पर्सामा हुन नसकेको हो ।

बरु एकैपटक राजनीतिमा होमिएकी एमाले जसपाकी साझा उम्मेदवार पर्साको क्षेत्र नम्बर ३ को २ की जसपा उम्मेदवार डा मधु गुप्ताले निकटतम प्रतिद्वन्द्वीको शाख राखिन् । उनेले कुल ७ हजार ५ सय ७ मत प्राप्त गरी पराजित भए पनि सानदार साख राखेकी छन् । गुप्तालाई उछिन्ने सत्ता गठबन्धन कांग्रेसका उम्मेदवार जनार्दन सिंह क्षेत्रीले सो क्षेत्रबाट १० हजार १ सय ९५ मत ल्याई विजयी भए ।

यता पहिले जिल्लामा चर्चित रहेका महिला नेत्रीमध्येका वेगम र चाँदताराले भने क्रमशः १ हजार पर्सामा महिला विजेता ‘शून्य’ ५ सय एक र १ हजार ७ सय ७३ मत मात्र ल्याए । एउटै क्षेत्रमा सँगै लडेका प्रतिस्पर्धीका तुलनामा वेगम पाँचांै नम्बर र चाँदतारा तेस्रो नम्बरमा सीमित भएका छन् । अब पर्साबाट सभासद महिलाको अनुहार हेर्न समानुपातिकतर्फको मुख ताक्नुबाहेक अर्को विकल्प नभएको स्थानीय बुद्धिजीबीले तर्क गरे ।राजधानीदैनिकबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *