सुकुम्वासीको आक्रमणमा घाइते भएकाहरुलाई भेट्न अस्पताल पुगे बालेन शाह

सुकुम्वासीको आक्रमणमा घाइते भएकाहरुलाई भेट्न अस्पताल पुगे बालेन शाह

समाचार

Sharing is caring!

थापाथालीस्थित बागमती नदी अतिक्रमण गरी बसेका सुकुम्वासीहरुको आक्रमणमा परी घाइते भएकाहरु भेटन् काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह र उपप्रमुख सुनिता डंगोल अस्पताल पुगेका छन् ।

नर्भिक अस्पतालमा उपचार गरिरहेका उनीहरुलाई भेटन् सोमबार साँझ अस्पताल पुगेका हुन् । एकीकृत वागमती सभ्यता विकास समितिको सुचनाका आधारमा अतिक्रमित घरटहरा हटाउन महानगरको टोली डोजरसहित थालाथली पुगेपछि सुकुम्वासीहरुले आक्रमण गरेका थिए । त्यस क्रममा महानगरका प्रहरी प्रमुख राजु पाण्डेसहित ३४ जना घाइते भएका हुन् ।

आन्दोलनकारीले हतियारसहित प्रदर्शन गर्नुका साथै सडकमा टायर बालेर विरोध गरेका थिए । त्यस क्रममा घाइते भएकाहरु भेट्न बालेन शाह अस्पताल पुगेका हुन् । उनले चिकित्सकहरुसँग घाइतेहरुको स्वास्थ्य अवस्था बुझ्नुका साथै आक्रमणप्रति चिन्ता प्रकट गरेका थिए ।

नर्भिक अस्पतालका इमेरजेन्सी इञ्चार्ज डा. ओमर प्रधानले घाइतेमध्ये तीन जनाको टाउकोमा गहिरो चोट रहेका कारण अब्जरभेसनमा राखिएको जानकारी दिएका थिए । उनले घाइतेमध्ये ३१ जना उपचार गरेर घर फर्किसकेको जानकारी पनि दिए ।

मेयर शाहले नर्भिकमा गम्भीर चोट लागेर उपचार गराइरहेका आफ्ना ३ नगर प्रहरी र उनका परिवारजनसँग पनि स्वास्थ्य अवस्थाको विषयमा कुराकानी गरेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *