देउवाको गृहजिल्लामा एमसीसीविरुद्ध यसरी दन्कियो राँको

समाचार

Sharing is caring!

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विरुद्ध राँको दन्किएको छ ।

एमसीसी नेपालको स्वाधीनताविरुद्ध भएको भन्दै डडेल्धुराका युवाहरूले प्रदर्शन गरेका छन् ।

नेपालमा सैन्य अखडा राख्ने भित्री उद्देश्यले अमेरिकाले एमसीसी सम्झौता अगाडि सारेको भन्दै डडेल्धुराका युवाले सदरमुकाम अमरगढीमा राँके जुलुस निकालेका हुन् ।

एमसीसी राष्ट्रघाती भएको बताउँदै युवाहरूले सम्झौता संसद्बाट पारित भएर लागू भएमा नेपालको स्वाधीनता समाप्त हुने जनाएका छन् । चीनविरुद्ध नेपाली भूमि प्रयोग गर्ने उद्देश्यका साथ एमसीसी सम्झौता आएको दाबी गर्दै सम्झौता खारेज हुनुपर्ने प्रदर्शनमा सहभागी युवा श्याम ओलीले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *