रविको नागरिकता बारे छानबिन गर्न गृह र परराष्ट्रलाई अख्तियारको पत्र – Khulduli Post

रविको नागरिकता बारे छानबिन गर्न गृह र परराष्ट्रलाई अख्तियारको पत्र – Khulduli Post

समाचार

Sharing is caring!

काठमाडौं मंसिर १९ :राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विषयमा अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अग्रसरता देखाएको छ । आयोगले लामिछानेको नागरिकता र राहदानी छानबिन गर्न गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयलाई पत्राचार गरेको छ ।

आयोगमा दर्ता भएको उजुरीलाई आधार मानेर सम्बन्धित मन्त्रालयलाई अनुसन्धान गर्न पत्र पठाइएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बताए । अख्तियारले भ्रष्टाचारका विषयमा अनुसन्धान गर्ने भएकाले नागरिकतासम्बन्धी विवाद के हो भनी पत्र पठाएको उनले बताए । आजको राजधानी दैनिकमा समाचार छ ।

आयोगमा लामिछाने सन् २०१८ सम्म अमेरिकी नागरिक रहेको तर उनले सन् २०१५ मै नेपाली राहदानी लिएको भन्दै सो विषयमा संलग्नमाथि छानबिन गर्न माग गरिएको थियो । रविले सन् २०१४ मा अमेरिकी राहदानी लिएर नेपाल आएर सन् २०१५ मा नेपाली राहदानी लिएको पाइएको छ । नागरिकतासम्बन्धी कानुनमा पुरानै नम्बर मात्रै ब्युतने हो । नागरिकता पुनः नयाँ जारी हुने हो ।

नेपालमा नागरिकतासम्बन्धी कानुनमा ‘नेपाली नागरिकता पाएका नागरिकले अन्य कुनै देशको नागरिकता लिए नेपाली नागरिकता स्वतः खारेज हुने’ प्रावधान छ । नागरिकता ऐन २०६३ को दफा १० मा नेपाली नागरिकता कायम नरहने प्रावधानमा ‘नेपालको कुनै नागरिकले आफू खुसी कुनै विदेशी मूलको नागरिकता प्राप्त गरेपछि निजको नेपाली नागरिकता कायम नरहने’ उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *