काठमाण्डाै – आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियाले नेपाललाई दुई सय ७६ रनकाे लक्ष्य दिएकाे छ ।
वान्डेरर्स क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङकाे निम्ताे पाएकाे नामिबियाले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर दुई सय ७५ रन बनायाे । नामिबियाका लागि माइकल भान लिन्गेनले शतकीय पारी खेले । उनले एक सय ११ बलमा १५ चाैका र एक छक्का प्रहार गर्दै एक सय १९ रन बनाए । यस्तै गेरहार्ड इरासमसले ५३ र जान निकाेल लाेफ्टी एटनले ४० रन बनाए । बलिङतर्फ नेपालका ललित राजवंशीले चार विकेट लिए ।
नामिबियामा भइरहेको यो शृङ्खलामा नेपाल, नामिबिया र स्कटल्यान्ड रहेका छन् ।