तनहुमा सवारी दुर्घटना हुदा एकजनाको मृत्यु, ११ घाइते – Khulduli Post

तनहुमा सवारी दुर्घटना हुदा एकजनाको मृत्यु, ११ घाइते – Khulduli Post

समाचार

Sharing is caring!

तनहुँ, २२ मंसिर – तनहुँमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । ११ जना घाइते भएका छन् । आँबुखैरनी गाउँपालिका-२ मार्की चोकमा बिहीबार भएको सवारी दुर्घटनामा स्याङ्जाको हरिनास गाउँपालिका-२ की ५५ वर्षीया लालुमाया थापाको मृत्यु भएको प्रहरीले जनाएको छ । उनकाे जिल्ला अस्पताल चितवनमा उपचारको क्रममा मृत्यु भएको हो ।

आँबुखैरेनीबाट डुम्रेतर्फ जाँदै गरेको बा३ख २७ १६ नम्बरको माइक्रो बस सोही दिशातर्फ जाँदै गरेको ना७ख २४७८ नम्बरको ट्रकको पछाडि ठोक्किएको थियो । घाइतेमध्ये एकजनाको चितवन कलेज अफ मेडिकल साइन्स अस्पतालमा उपचार भइरहेको छ । अन्य नाैजनाको तनहुँको आँबुखैरेनीस्थित हाडजोर्नी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि: भक्तपुरको सुवर्णेश्वर मन्दिर परिसरमा १०८ शिवलिंग स्थापना गरियो, भक्तपुर, २२ मंसिर:भक्तपुरको सुवर्णेश्वर मन्दिर परिसरमा १०८ शिवलिंग र सप्तऋषि स्थापना गरिएको छ । सूर्यविनायक नगरपालिका(५ कटुञ्जेस्थित मन्दिरमा सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले बुधबार यसको उद्घाटन गरे ।

स्थानीय सूर्यविनायक नगरपालिका(५ कटुञ्जे निवासी मोडर्न स्कुल र कलेज दधिकोट र सृजनानगर भक्तपुरका संस्थापक बाबुकाजी कसपालले आफ्ना स्वर्गीय पूर्वज जिजुबुबा काजीमान कसपाल, स्वर्गीय हजुरबुबा रामलाल कसपाल, स्वर्गीय बुबा रत्नलाल कसपाल, स्वर्गीय मुमा च्यान्टीमाया कसपाल र दिवंगत भएका आफ्ना ज्ञातअज्ञात सम्पूर्ण पितृजनहरूको सम्झनामा शिवलिंग स्थापना गरिदिएका हुन् ।

१०८ शिवलिंग, सप्तऋषिसहित यसको परिसर कार्यमा लाग्ने सम्पूर्ण आर्थिक व्ययभार बाबुकाजी कसपालले नै योगदान गरेको स्वर्गद्वारी सन्यास आश्रम सुवर्णेश्वर कटुञ्जेका अध्यक्ष मुकुन्दप्रसाद लुइँटेलले बताए । यसअघि १०८ शिवलिंग स्थापना गरी पूजन गर्ने कार्यका लागि २० मंसिरमा पूर्वाङ्ग यज्ञादी र बुधबार शिवलिंग प्राणप्रतिष्ठा रूद्री पूजन, लाखबत्ती प्रज्वलन गरी यसको उद्घाटन गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *