चितवनमा मोटरसाइकल र बलेरो ठो’क्किदा जर्मन नागरिकको मृत्यु, सडकबाट ख’स्यो त्रिशुली किनारमा – Khulduli Post

चितवनमा मोटरसाइकल र बलेरो ठो’क्किदा जर्मन नागरिकको मृत्यु, सडकबाट ख’स्यो त्रिशुली किनारमा – Khulduli Post

समाचार

Sharing is caring!

चितवन, मंसिर २२– चितवनमा मोटरसाइकल र बलेरो गाडी एकआपसमा ठोक्किदा जर्मन नागरिकको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका-३ फिल्सिङमा बिहीबार पिकअप गाडी र मोटरसाइकल ठोक्किँदा ६० वर्षीय जर्मन नागरिक मिचेल मेयर ओलवर्षलेबेनको मृत्यु भएको प्रहरीले जनाएको हो ।

मोटरसाइकल चालक जर्मन नागरिक ६० वर्षीय माइकल मेयर ओल्बर्सलेबेनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजय पण्डितले जानकारी दिएका हुन् । चितवन मेडिकल कलेजमा उपचारका ल्याइएका उनको इसीजी पश्चात अस्पतालले दिउँसो १२ः२५ मा मृत घोषणा गरेको थियो । उनको राहदानी नम्बर २४६३७८९५९ रहेको छ । मोटरसाइकल चालक जर्मनी नागरिकको मृत्यु भएको हो भने पछाडि सवार विदेशी महिला घाइते भएकी हुन् ।

यस्तै बलेरोमा सवार धादिङको गल्छी गाउँपालिका–५ का ७३ वर्षीय निरबहादुर तामाङको चितवन मेडिकल कलेजमा मध्यम अवस्थामा उपचार भइरहेको छ । प्रहरीले बलेरो चालक गोरखाका २१ वर्षीय साजन भुजेललाई नियन्त्रणमा लिएको छ ।

आज विहान सवा १० बजेको समयमा पृथ्वीराजमार्ग अन्तरगत इच्छाकामना गाउँपालिका–३ फिस्लिङमा नारायणगढबाट काठमाडौँतर्फ जाँदै गरेको ना ४१ प ५४८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बागमति प्रदेश ०३–००१ च १६८२ नम्बरको बलेरो ठोक्किएर सडकबाट ५० मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो । तस्विर सौजन्यः दानबहादुर गुरुङ

Leave a Reply

Your email address will not be published. Required fields are marked *