काेरियामा दबाब झेल्न नसकेर आत्मह-त्याको बाटो रोज्छन् नेपाली

समाचार

Sharing is caring!

वैदेशिक रोजगारीका लागि दक्षिण कोरिया पुगेका पाँचथर फिदिम नगरपालिका–२ लालिखर्कका विवेक राईले झुण्डिएर आत्मह-त्या गरे । रोजगारीका सिलसिलामा कोरिया पुगेका उनी बंगुर फर्ममा काम गर्थे । केही महिनाअघि बिदामा नेपाल आएका थिए, उनी । साँझ खाना खाएर सुतेका राई अर्को दिन आफू कार्यरत फर्मभित्रै झुण्डिएको अवस्थामा फेला परेका थिए ।

त्यस्तै, तनहुँका नरबहादुर रानाको दुर्घटनामा परी ज्यान गयो । आफ्नै कम्पनीको छिगेछा (गह्रँगो सामान उचाल्न प्रयोग हुने गाडी) मर्मत गर्ने क्रममा दुर्घटनामा परी उनको मृ-त्यु भएको थियो । चार वर्ष १० महिना कोरिया बसेर नेपाल आएका उनी पनि भर्खरै फिरेका थिए ।

आकर्षक कमाइ र सुरक्षित गन्तव्य कोरियामा नेपाली युवाको आकर्षण बढ्दो छ । नेपालले श्रम सम्झौता गरेका देशमध्ये सबैभन्दा आकर्षक गन्तव्य कोरिया रहेको इपिएस कार्यालयका निर्देशक कृष्णप्रसाद खनाल बताउँछन् । ‘नेपाली युवाको हकहितलाई ध्यानमा राखेर कोरियाले रोजगारी दिएको छ’, उनले भने, ‘कोरिया रोजगारीले धेरै नेपालीको प्रगति भइरहेको छ।’ प्रगति त छँदै छ । सँगै कतिपको काम गरेकै ठाउँमा या रोजगारीकै क्रममा अकालमा ज्यान गइरहेको छ ।

सन् २००८ देखि २०२० सम्म कोरियामा ज्यान गुमाउनेको संख्या एक सय ११ पुगेको छ । जसमध्ये सुतेको अवस्थामा मृ-त्यु भएका २५, आत्मह-त्या २२, कार्यस्थल दुर्घटना १४, सडक दुर्घटना ८, सवारी दुर्घटना ३, झगडा २ र कारण नखुलेको ३७ रहेको इपिएस कार्यालयको तथ्यांकमा उल्लेख छ । हालसम्मको तथ्यांक हेर्दा, प्रत्येक वर्ष कोरियाबाट मात्रै लगभग नौ जना नेपालीको श-व नेपाल भित्रिने गर्छ ।

किन राेज्छन् आत्मह-त्या ?

निर्देशक खनालका अनुसार सोचेअनुसार आम्दानी नहुँदा अधिकांश नेपाली कामदारमा निराशा छाएको छ । साथै रोजगारदाता कम्पनीले भनेअनुसार काम उपलब्ध नगराउँदा पनि धेरै जसो नेपाली काम फेर्न बाध्य हुने र मन नलागी नलागी काम गर्न विवश छन् ।

जसले उनीहरुको मान-सिक अवस्था बिग्रिरहेको हुन्छ । ‘कतिपय युवाले नेपालमा केही काम गरेका हुँदैनन्, काम गर्ने बानी नभएपछि त्यहाँको कार्य तालिकाअनुसार काम गर्न सक्दैनन्’, खनाल भन्छन्, ‘पारिवारिक तना-वका कारण पनि अनेकखाले समस्या निम्तिरहेको हुन्छ, जसले उनीहरुमा थप हीनताबोध उत्पन्न हुन जान्छ ।’

आत्मह-त्या मात्र होइन, कोरियामा सुतेकै अवस्थामा पनि धेरैको ज्या-न गइसकेको छ । त्यहाँको हावापानी र कामको चाप इत्यादि कारण र अस्वस्थ जीवनशैलीका कारण पनि नेपालीको मृ-त्युदर बढिरहेको उनी बताउँछन् । तुलनात्मक रुपमा निर्माण क्षेत्रभन्दा औद्योगिक तथा पशुपालनतर्फ काम गर्नेको मृत्युदर बढिरहेको खनाल स्वीकार्छन् ।

‘औद्योगिक क्षेत्रमा ठूल्ठूला मेसिनमा काम गर्न बानी नपर्दा पनि धेरै नेपालीमा समस्यामा छन्’, उनले भने, ‘हरेक पल ध्यान दिएर हेर्नुपर्ने हुन्छ, अलिकति तलमाथि मात्र भयो भने ज्यान गुमाउने सम्भावना धेरै हुन्छ ।’ नयाँ पत्रिकाबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *