काठमाडौं । सपनाको मुलुक अमेरिका पुग्ने रहर कसलाई नहोला । विभिन्न सपना बोकेर बाहिर जाने संख्या पनि बढ्दो छ । तर अरुकै देश जादा कहिलेकहिँ अप्रिय घटना पनि सुन्नु पर्छ । हो यस्तै भएको छ अहिले, अमेरिकामा नेपाली मूलका एक पुरुषको बिहीबार राति गोली हानी हत्या गरिएको छ ।
अमेरिकाको कोलोराडोस्थित एक कन्भिनियन्स स्टोर संचालक (मालिक) भेषराज लामिछानेलाई गोली हानी हत्या गरिएको हो । लामिछाने तनहुँको दमौलीका हुन् । तर उनी आठ वर्ष अघि (सन २०१४) मा डिभी परेर अमेरिका पुगेका थिए। बिहीबार राति एक बन्दुकधारीले गोली चलाउँदा उनलाई लागेको हो । र, उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
वर्ष ५३ का लामिछानेमाथि गोली चलाउने अपराधीलाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ । गोली चलाउने अपराधि २६ वर्षका स्वानाथन डि एन्जेलो रहेको त्यहाँको प्रहरीले जनाएको छ। लामिछानेको चार सन्तान रहेको बताइएको छ । स्रोत : न्युज 24 बाट
यो पनि : चीनमा विदेशी यात्रुहरूका लागि क्वारेन्टाइन नियम अन्त्य- बेइजिङ – चीनले आइतबार आफ्नो देश भ्रमण गर्ने यात्रुहरूका लागि क्वारेन्टाइन मापदण्ड आवश्यकताहरू हटाएको छ। लगभग तीन वर्षको स्वआइसोलेसनको अन्त्य गर्दै देशले कोभिड केसहरूमा वृद्धि भएको बेला आजेखि क्वारेन्टाइन मापदण्ड हटाएको हो।
बेइजिङले गत महिना अनिवार्य क्वारेन्टाइन र कठोर तालाबन्दीहरू लागू गर्ने कट्टर भाइरस रणनीतिको नाटकीय अन्त्य गरेको थियो। प्रतिबन्ध अन्त्यसँगै ठूलो संख्यामा मानिसहरु कोभिड संक्रमित बनेका छन्। प्रतिबन्ध नीतिले देशको अर्थतन्त्र नराम्रोसँग प्रभावित गरेको छ।