सिओल – ईपिएस मार्फत रोजगारीका लागी दक्षिण कोरिया आएर १० वर्ष काम गरि गत नोभेम्बर १६ तारिख नेपाल फर्किएका गोकर्ण राउतको पुस २२ गते शुक्रबारका दिन मु,त्यु भएको छ ।
राउत बाह्रबिसे स्थित सिम्लेमा रहेको आफ्नै घरमा झु,न्डिएको अवस्थामा शुक्रबार फेला परेका हुन् । उनी १० वर्ष कार्यकाल सकिन २ महिना बाँकी रहंदै गत महिना नेपाल फर्किएका थिए। तर नेपाल फर्किएको ५५ दिन नबित्दै शुक्रबार अन्दाजी १२ बजेको समयमा उनी आफ्नै घरमा झु,न्डिएको अबस्थामा फेला परेको स्थानीयले बताएका छन् ।
घरमा श्रीमान,श्रीमती रहेको बेला उनले आफ्नी श्रीमतीलाई बाहिर काम गर्नु म खाजा बनाउछु भन्दै घरभित्र पसेका थिए सोही समयमा उनले डोरीको पासो बनाई झुन्डिएर आ’त्मह’त्या गरेको परिवार श्रोतले बताएको छ।
उनको श’व शुक्रबारनै प्रहरीले पोस्टमार्टम गरिसकेपछि बाह्रबिसेको शुनकोशी मन्दिर नजिकैको आर्यघाटमा अन्त्यष्टि गरिएको थियो । मृतक राउतको श्रीमती, एक छोरा र एक छोरी गरि दुई सन्तान छन् । स्रोत : कोरियापटि बाट
यो पनि – आजको मौसम : केही स्थानमा आंशिक बदली, काठमाडौं । देशको केही स्थानमा आंशिक बदली रही मौसम सामान्यतया सफा रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहनेछ ।
बिहानीपख तराईका धेरै भू–भागहरूमा हुस्सु–कुहिरो लाग्ने सम्भावना छ । राति सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूको मौसम सामान्यतया रहने बताइएको छ । हाल देशका पहाडी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ भने तराईका धेरै भू–भागहरूमा हुस्सु–कुहिरो लागिरहेको अवस्था छ ।
महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम दुई दशमलव पाँच डिग्री र अधिकमत तापक्रम २० दशमलव दुई डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जिरीको न्यूनतम तापक्रम माइन एक दशमलव पाँच डिग्री सेल्सियस र सबैभन्दा बढी दिपायलको अधिकतम तापक्रम २३ दशमलव छ डिग्री सेल्सियस रहेको छ ।– रासस