४ बर्षदेखी पोर्चुगल बस्दै आएका ३० बर्षिय घिमिरेको असामयिक निधन!

४ बर्षदेखी पोर्चुगल बस्दै आएका ३० बर्षिय घिमिरेको असामयिक निधन!

समाचार

Sharing is caring!

पोर्चुगलमा पुनः एक पछि अर्को नेपालीको निधन भएको छ। गुल्मी मुसिकोटका बाबुराम घिमिरेको जनवरी ४ तारीखमा असामयिक निधन भएको हो ३० बर्षिय घिमिरे विगत ४ बर्षदेखी पोर्चुगल बस्दै आइरहेका थिए। पोर्तोको एक रेस्टुरेन्टमा काम गर्दै आइरहेका घिमिरेको अचानक मृत्युको खबरले सम्पूर्ण नेपाली समुदाय तथा गुल्मीबासी स्तब्ध भएका छन्।

पोर्चुगलमा कामको समस्या, आर्थिक उन्नतिमा बाधा तथा घरपरिवारको अपेक्षालाई पूरा गर्न नसक्दा कतिपय नेपालीमा नैराशयता एवं मानसिकरुपमा समस्या देखिने गरेको छ। बाबुरामको हकमा पनि अपेक्षा र आवश्यकता पूरा गर्न नसक्दा उनी आत्महत्या सम्म पुगेको हुन सक्ने उनका निकटस्त साथीहरु बताउछन् । मृतकको शव ब्यबस्थापनका सन्दर्भमा गुल्मीसमाज पोर्चुगलले आर्थिक सहयोगका लागि विशेष अपिल गरेको छ।

समाजका वरिष्ठ उपाध्यक्ष अमृत रिजालका अनुसार जति सक्दो आर्थिक सायती जुटाएर शब ब्यबस्थापनका लागि तयारी गरिएको छ।सचिव अनुप मगरले सम्पूर्ण गुल्मीबासिलाई एकताबद्ध भएर सहयोग गर्न विशेष आग्रह गरेका छन् । रकम जम्मा गर्न चाहनेका लागि खाता निम्न रहेको छ। खाता नम्बर : PT50003300004548441239705 मा सहयोग गर्ने सक्नुहुनेछ ।

अन्य समाचार: वैदेशिक रोजगारीका समस्या र समाधान- स्वदेशमा रोजगारीका अवसर नभएपछि दैनिक हजारौं युवा वैदेशिक रोजगारीका लागि जान बाध्य छन् । संस्थागत रूपमा विदेशमा रोजगारीका लागि जाने क्रमको थालनी आजभन्दा २८ वर्षअघिदेखि भएको मानिन्छ । वैदेशिक रोजगारीले अर्थतन्त्रमा ठूलो योगदान दिए पनि यसका थुप्रै समस्या छन्, जसको समाधानमा सरकारले पर्याप्त पहल गर्न सकेको छैन । देशकै मेरुदण्ड मानिने युवाशक्ति दिनानुदिन वैदेशिक रोजगारीका लागि जानु एकदमै विडम्बनापूर्ण अवस्था हो ।

वैदेशिक रोजगारी अल्पकालका लागि उपयुुक्त देखिए तापनि दीर्घकालका लागि भने यो उपयुक्त र सकारात्मक छैन । वैदेशिक रोजगारीमा जानेमा पुरुषमात्र होइन, महिला पनि पुरुषसरह जाने गरेको पाइन्छ । पछिल्लो समयमा रोजगारीका लागि विदेश जाने महिलाको संख्या २० प्रतिशतभन्दा माथि रहेको पाइन्छ । यसबाट के प्रस्ट हुन्छ भने आजकालका युवापुस्तामा वैदेशिक रोजगारीको आकर्षण बढ्दै गइरहेको पाइन्छ । तर, वैदेशिक रोजगारीको जति आकर्षण छ, त्यहाँको अवस्था त्यति नै जोखिमपूर्ण पनि रहेको छ ।

विदेशमा जाने कामदारमध्ये ७० प्रतिशत कामदारले जोखिमपूर्ण काम गरिरहेको एक तथ्यांकले जनाएको छ । विदेश जानुभन्दा पहिले राम्रोसँग अभिमुखीकरण तालिम दिई सम्बन्धित कार्यअनुसार नै सीपको विकास गराएर मात्र विदेश पठाउने व्यवस्था भएमा अवश्य पनि वैदेशिक रोजगारीमा हुने जोखिम कम हुने थियो । हाल वैदेशिक रोजगारीमा सम्झौता गरिएअनुसार पारिश्रमिक नदिने, सुविधाहरू पूर्वसर्त नगराउने, बिमा नगरी काममा लगाउने जस्ता समस्याहरू देखिएका छन् ।

वैदेशिक रोजगारीमा देखिएका यस्ता समस्याहरू समाधान गर्नका लागि वैदेशिक रोजगारीमा जानुपुर्व सम्बन्धित देशको भाषा, धर्म, संस्कृति, हावापानी, कामको प्रकृति, कम्पनीको नियम कानुन, सेवासुविधा आदिका बारेमा स्पष्ट भएर मात्र जानुपर्छ । यसका लागि नियमबमोजिम श्रम सम्झौता गर्ने, जुन कामका लागि विदेश जाने हो, सो काम राम्ररी गर्न सक्ने बनेर मात्र जाने हो भने जोखिम न्यूनीकरण गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *