भिरबाट लडेर श्रीमानको मृत्यु भएपछि काजकिरिया खर्चको अभावसँगै श्रीमती र ३ सन्तानको बिचल्ली

भिरबाट लडेर श्रीमानको मृत्यु भएपछि काजकिरिया खर्चको अभावसँगै श्रीमती र ३ सन्तानको बिचल्ली

समाचार

Sharing is caring!

कालिकोटमा एक घटना घटेको छ । भनिन्छ ‘आर्थिक अवस्था नाजुक भएकाले म’रेपछि पनि सुःख पाउँदैनन् ।’ कालिकोटमा ठ्याक्कै यस्तै घ’टना भएको हो । मृ’तकको काजकिरिया गर्ने रकम अभावमा कालिकोटमा एक परिवारको बिजोग भएको छ । कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिका-८ का २५ वर्षीय राजेन्द्र बिष्टको पुस १६ गते भिरबाट लडेर निधन भयो। घाँसपात गर्न गएका उनी कहिले घर नआउने गरी सधैँका लागि अस्ताए।

दैनिक ज्यालादारी गरेर परिवारमा जीविकोपार्जन गर्दै आएका राजेन्द्रको मृत्यु पछि परिवारमा ठुलो बज्रपात आइलाग्यो। यसै पनि दैनिक जीवनयापन गर्न समेत कठिनाइ भई गरिबी र अभावमा बाँचिरहेको यो परिवारमा यति बेला ठुलो बज्रपात आइलागेको छ। उनको निधनपछि ३ सन्तान र एक श्रीमतीको बिचल्ली भएको छ। परिवारमा आर्थिक अवस्था कमजोर भएपछि तिन सन्तानको बिचल्ली भएको हो।

उनकी २१ बर्षीया श्रीमती पिरङका उनका ३ सन्तान र परिवारको आर्थिक अवस्था निकै कमजोर भएपछि किरिया खर्चको पनि अभाव भएको छ। ३ सन्तानको भविष्य पनि अन्धकार छ। मृतक विष्ट परिवारलाई किरिया खर्च एवं बालबच्चाको पठनपाठनको लागि आर्थिक अभाव भएकाले आफन्तले आर्थिक सहयोग गर्न अपिल गरेका छन्।

घरमा ३ बच्चा छन्। उनीहरूको अहिले बिचल्ली भएको छ। उनीहरूको पालन–पोषण र पढाई खर्च जुटाउने अब कोही छैन। पिरिङकाले भनिन्। आफैलाई कसले सम्हाल्ने भन्ने बेलामा ती तिन अवोध बालकहरूको जिम्मेवारी काँधमा थपिएको छ। गरी खाने खेतबारी पखेरो छैन। हुँदो हो पनि गरिखाने मान्छे नै दैवले खोस्यो।

यो परिवारमा आइपरेको बज्रपातले सिगों गाउँ नै पीडामा रहेको छ। घरका मान्छेकै मृत्यु भएपछि अब यी बालकहरूको रेखदेख कसले गर्ने भन्ने भएको छ। अर्को तर्फ आर्थिक अभाव भएपछि दैनिक जीवन यापन कसरी चलाउने भन्ने पिरलो पनि थपिएको छ। घरमा खाने अन्न छैन्, बच्चाहरुको बिचल्ली हुन नदिन आफुले वडा कार्यालय र गाउँपालिकामा कुरा राखेर सहयोगका लागि सक्दो पहल गर्ने वडा अध्यक्ष लालबहादुर विष्टले बताए।

नेपाली समाजको निकै प्रचलित कथन छ,‘जसको केही छैन, त्यसलाई नै सबथोक आइपर्छ ।’ पैसा कमाएर घरपरिवार पाल्छु भनी हिँडेका उनी वडा कार्यालयको बाटो खन्न गएका थिए । निधन भएको १० दिन बितिसक्दा पनि मृ’तकको परिवार किरिया खर्चको जोहो गर्दैछ । आर्थिक रुपले विपन्न परिवारमा घरमूली नै अस्ताएपछि विष्टको परिवारमाथि बज्रपात भएको छ ।

उनको मृ’त्युसँगै घरको दियो पनि निभेको छ । बिहान बेलुकाको छाक टार्न ज्यालामजदुरी गर्दै आएका विष्टको जग्गा जमिन केही थिएन । उनले काठ चिरानी गरेर पाँच जनाको भरणपोषण गर्दै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *