कृषि विकास बैंक लिमिटेडमा रिक्त भएको प्रमुख कार्यकारी अधिकृत पदमा खुला प्रतिस्पर्धात्मक प्रतियोगिताद्वारा पदपूर्ति गरिने भएको छ । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र बैंक तथा वित्तीय संस्थाका सञ्चालक र कार्यकारी प्रमुखको नियुक्तिका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धी विनियमावली २०७४, नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन र कृषि विकास बैंक लि. प्रमुख कार्यकारी अधिकृतको पदपूर्ति सम्बन्धी कार्यविधि, २०७९ समेतलाई आधार मानेर बैंकले प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन माग गरेको हो ।