सुर्खेतको सिम्तामा जीप दुर्घटना हुदा १ जनाको घटनास्थलमै मृत्यु, चार जना घाइते

सुर्खेतको सिम्तामा जीप दुर्घटना हुदा १ जनाको घटनास्थलमै मृत्यु, चार जना घाइते

समाचार

Sharing is caring!

सुर्खेत । पूर्वी सुर्खेतको सिम्ता गाउँपालिकामा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन । कर्णाली प्रदेश ०२००१ च ०६०५ नम्बरको उक्त बोलेरो जिप सिम्ता गाउँपालिका–९ को मुङ्ग्रे भन्ने ठाउँमा दुर्घटना भएको हो । आइतबार साँझ भएको जिप दुर्घटनामा मृत्यु हुनेमा सिम्ता गाउँपालिका– ९ की ३५ वर्षीय रमा चन्द रहेको प्रहरीले जनाएको छ ।

यस्तै, घाइते हुनेमा सोही स्थानकी ५० वर्षीया भिमसरा सुनार र उनकी ८ वर्षीय छोरी आशा सुनार, ४० वर्षीय माया रोकाय र ३० वर्षीय गङ्गा खड्का पनि घाइते भएको सुर्खेत प्रहरीले जनाएको छ । जिप चालक फरार रहेकाले खोजी कार्य भइरहेको छ ।

यो पनि: अन्य समाचार / दुई दशकमा पनि बनेन कान्ति राजमार्ग, काठमाडौं । राज्यको पर्याप्त ध्यान पुग्न नसक्दा कान्ति राजमार्ग निर्माण सुरु भएको दुई दशकमा पनि अझै सम्पन्न हुन सकेको छैन । काठमाडौँ उपत्यकालाई मकवानपुरसँग जोड्ने छोटो मार्गका रुपमा रहेको सो सडकमा अझै कतिपय खण्ड निर्माणका लागि ठेक्कामा जान बाँकी छ ।

सहज भूवनोट भएका ठाउँमा सडक कालोपत्र अझै पनि बाँकी रहेको कान्ति राजमार्ग योजनाले जनाएको छ । मकवानपुरतिर साढे तीन किमी बाँकी र ललितपुरतर्फ झण्डै १० किमी सडक कालोपत्र हुन बाँकी रहेको योजनाका प्रमुख सुरेश न्यौपानेले बताए। उनले ललितपुरतर्फ १० किमी सडकमध्ये सात किमी चालु आर्थिक वर्षमा पूरा हुने बताए। उनले भने, “दुवै जिल्लाको बाँकी खण्डमा पनि यही वर्ष ठेक्कामा जान तयारी गरिएको छ ।”

अहिले काल्चे, भड्डेडाँडा, छपेली बजार आसपासमा कालोपत्र भइरहेको छ । तीनपानेमा ठाउँठाउँमा गरी पहिले अस्थिर रहेको ठाउँमा एक किमी सडक कालोपत्र गर्न बाँकी रहेको प्रमुख न्यौपानेले बताए। ललितपुरतर्फ तीन किमी कडा चट्टान छ भने आठ सय मिटरमा ठाउँठाउँमा पहिरो छ । चालु आवमा ललितपुरतर्फको सात किमी सडक सम्पन्न भएमा झण्डै साढे छ किमी सडक निर्माण बाँकी हुने योजनाले जनाएको छ ।

ललितपुरमा तीन किमी र मकवानपुुरमा साढे तीन किमी बाँकी छ । यो खण्डमा बहुवर्षीय ठेक्कामा जान स्वीकृतिका लागि राष्ट्रिय योजना आयोग हुँदै अर्थ मन्त्रालयसँग रु ६६ करोड माग गरिएको छ । बजेट स्वीकृति भएपछि काम भएको बाँकी खण्डमा काम अगाडि बढ्नेछ । विगतका वर्षमा वर्षाको समय पहिरोका कारण अवरुद्ध भइरहने खण्डमा विभागले अहिले अध्ययन गरिरहेको प्रमुख न्यौपानेले बताए।

विभागको ‘जिओ इन्भाएरोमेन्ट युनिट’ले मकवानपुरमा काम गरिरहेको र त्यो काम सकाएपछि ललितपुरतर्फको बाँकी काम गर्ने उनले बताए। “कस्तो संरचना निर्माण गर्ने भन्ने अध्ययनको प्रतिवेदन आउने क्रममा छ, आएपछि काम गर्न सकिनेछ,” उनले भने। अहिले योजनाले माग गरेको बजेट र प्रतिवेदन आएपछि ठेक्का प्रक्रिया अघि बढाइनेछ । चालु आवभित्रमा ठेक्कामा जान सके अर्को दुई आवमा निर्माण सकिने गरी योजना बनाइएको छ ।

चट्टान फुटाउन विस्फोट (ब्लास्टिङ) चाहिने भएकाले काठमाडौँ–तराई दु्रतमार्ग आयोनामा कार्यरत नेपाली सेनासँग कुराकानी भइरहेको आयोजनाले जानकारी दिएको छ । हाल सो आयोजनाले समेत आवश्यक सामग्री कान्ति राजमार्गको प्रयोग गरेर ढुवानी गरिरहेको छ । सेनाले पनि यसका लागि सहयोग गर्न सकिने बताएको छ । पहिले राजमार्ग हेटौँडाबाट टिकाभैरब, चापागाउँ हुँदै सातदोबाटोसम्म हुने गरी रेखाङ्कन भएको थियो ।

चापागाउँ–सातदोबाटो सडक विस्तार हुन नसकेपछि यसको रेखाङ्कन परिवर्तन गरेर टिकाभैरबबाट भैँसेपाटी हुँदै नख्खु पुग्ने भएको छ । टिकाभैरबबाट हेटौँडाको बुद्धचोकसम्म ७९ किमी सडक योजनाले निर्माण गरिरहेको छ । काठमाडौँ उपत्यकाभित्र पर्ने टिकाभैरबबाट नख्खु चोकसम्म सडक काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले विस्तार गरिरहेको छ । झण्डै ९० किमी लम्बाईको राजमार्ग सबैतिर दुई लेनको हुनेछ । अहिले एक लेन रहेको पुलसमेत विस्तार गरिने योजनाको तयारी अघि बढाएको छ ।

चालु ठेक्कामा ललितपुरतर्फ बिरुवा एसएल सुनकोसी जेभी र सूर्य वाइवा कन्स्ट्रक्सन गरी दुई निर्माण कम्पनी कार्यरत छन् भने मकवानपुरमा नागार्जुन सर्वशक्तिले निर्माणको काम गरिरहेको छ । मकवानपुरतर्फ ८० प्रतिशत प्रगति रहेको र बाँकी काम चैतसम्ममा सप्म्पन्न हुने प्रमुख न्यौपानेले जानकारी दिए।सरकारले योजनालाई हाल पहिलो प्राथमिकताको योजना (पि वान)मा राखेको छ । सरकारले विसं २०६९ मा योजना स्थापना गरेर आव २०७१र७२ देखि बहुवर्षीय ठेक्का लागू गरी काम सुरु गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *