» लोसपा संसदीय दलको नेतामा सोनललाई नस्वीकार्ने चेतावनी

» लोसपा संसदीय दलको नेतामा सोनललाई नस्वीकार्ने चेतावनी

समाचार

Sharing is caring!

लोसपा मधेश प्रदेश संसदीय दलको नेतामा जितेन्द्र सोनलाई चयन गरियो भने अस्वीकार गर्ने लोसपाबाट निर्वाचित प्रदेशसभा सदस्य रानी शर्मा तिवारीले बताएकी छिन् । पार्टीमा दलको नेता सर्वसम्मतबाट नै चयन गर्ने वातावरण रहेपनि जितेन्द्र सोनललाई यसपटक स्वीकार नगर्ने उनको भनाइ छ ।

उनले एउटै व्यक्तिले पटक–पटक मौका पाउनु नहुने भन्दै यसपटक दलको नेता महोत्तरीले पाउनुपर्ने धारण राखिन् । मधेश प्रदेशमा कुल ९ सांसद जितेका लोसपामा ५ वटा सांसद महोत्तरीबाट निर्वाचित भएका छन् । महोत्तरीका जनताले यसपटक पूर्ण विश्वास गरी लोसपालाई ऐतिहासिक जित दिलाउन सफल भएकोले पनि दलको नेतामा महोत्तरीलाई प्राथमिकतामा राख्नुपर्ने उनले पार्टीका नेतृत्वसँग माग गरिन् ।

दलको नेता चयन गर्न पार्टी अध्यक्ष महन्थ ठाकुरलाई अधिकार दिइएकोमा अध्यक्षले सोनललाई चयन गरेर पर्ठादिँदा मान्ने कि नमान्ने भन्ने प्रश्नमा उनले त्यो स्वीकार्य नहुने बताइन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *