काठमाण्डाै – सरकारलाई विश्वासको मत दिने वा नदिने भन्ने विषयमा निर्णय गर्न नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।
एमालेको सहयोगमा प्रधानमन्त्री बनेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई विश्वास मत दिने नदिने विषयमा विवाद भएपछि छलफल गर्न कार्य सम्पादन समितिको बैठक बस्न लागेको हो । बिहान साढे ११ बजे संसद् भवनको ल्होत्से भवनमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने छ ।
बैठकको निर्णय अनुसार संसदीय दलको बैठकबाट विश्वासको मतबारे औपचारिक निर्णय लिने कांग्रेसको तयारी छ । प्रचण्डलाई हिजो विश्वासको मत दिने आश्वासन दिएका सभापति शेरबहादुर देउवाले बिहानदेखि आफ्नै निवासमा शीर्ष नेता र पदाधिकारीसँग छलफल गरे सहमति हुनसकेको छैन ।
कांग्रेसकै आग्रहमा बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक दिउँसो १ बजेका लागि सारिएको छ ।