k|ltlglw;ef a}7sdf k”j{k|d b]pjf
sf7df8f}F, @% k’; M
g]kfnL sf+u|];sf ;efklt Pj+ k”j{k|wfgdGqL z]/axfb’/ b]pjf ;f]daf/ a;]sf] k|ltlglw;efsf] a}7sdf wf/0ff /fVg’x’Fb} . tl:a/M /Tg >]i7÷/f;;
काठमाण्डाै – नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफूहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने तर प्रतिपक्षमै बस्ने बताउनुभएको छ ।
प्रतिनिधि सभालाई सम्बोधन गर्दै देउवाले संसदमा बलियो प्रतिपक्षी नहुँदा नागरिकका आवाज बुलन्द हुन नपाउने कुरालाई ध्यान दिएर नेपाली कांग्रेस प्रतिपक्षमा बस्ने र सरकारका कामलाई गुण र दोषका आधारमा समर्थन र विरोध गर्ने बताउनुभयो ।
‘सरकारलाई सदन र सदनलाई नागरिकप्रति जवाफदेही बनाउनुपर्छ । प्रभावकारी विपक्षी संसदमा नहुँदा नागरिकका आवाज गुञ्जन गाह्रो हुन्छ । सरकारमाथि निरन्तररूपले निगरानी राख्नु सांसदको कर्तव्य हो, त्यसैले हामी सरकारमा सहभागी हुँदैनौँ, संसदमा प्रतिपक्षीको रूपमा बस्छौँ’, देउवाले भन्नुभयो ।
अहिले देशलाई आर्थिक समृद्धि चाहिएको र नागरिकलाई देशमा सरकार भएको अनुभूति दिनुपर्ने अवस्था आएकाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर काम गर्न सहज बनाउने देउवाको भनाइ छ ।