» राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा हीनताबोध गर्नु पर्दैन : अध्यक्ष लिङ्देन

» राष्ट्र निर्मातालाई सम्मान गर्ने कुरामा हीनताबोध गर्नु पर्दैन : अध्यक्ष लिङ्देन

समाचार

Sharing is caring!

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नाे पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने बताउनुभएकाे छ ।

आज मङ्गलवार प्रतिनिधि सभामा बोल्दै अध्यक्ष लिङ्देनले पार्टीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने बताउनुभएको हो । उहाँले सरकारले न्यूनतम साझा कार्यक्रममा सरकारले गरेका वाचा पूरा गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष लिङ्देनले राष्ट्र निर्माता (पृथ्वीनारायण शाह) लाई सम्मान गर्ने कुरामा कसैले पनि हीनताबोध गर्न नहुने बताउनुभयो । उहाँले देशका गौरवाशाली इतिहासको सम्मान गर्ने कुरा पछि फर्किएको नहुने भन्दै पृथ्वी जयन्ती एक पार्टीको मात्रै नभइ सबै देशको भएको बताउनुभयो ।

पृथ्वी जयन्तीको अवसरमा राप्रपाले भृकुटी मण्डपमा भोलि (बुधवार) चियापान कार्यक्रम गर्ने भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *