कहिल्यै नलगाउने प्रचण्डले यस कारण लगाएका रहेछन दौरासुरुवाल

कहिल्यै नलगाउने प्रचण्डले यस कारण लगाएका रहेछन दौरासुरुवाल

समाचार

Sharing is caring!

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले दौरासुरुवालको कहिल्यै पनि विरोध नगरेको बताउनुभएको छ । प्रतिनिधि सभाको बैठकमा आज मङ्गलवार केही सांसदले प्रचण्डले दौरासुरुवाल लगाएको विषय उठाएपछि प्रचण्डले यसको जवाफ दिनुभएको हो । उहाँले आफूले कहिल्यै विरोध नगरेको र आफ्ना पार्टीका सांसदलाई पनि कहिल्यै नलगाउनु भनेर नभनेको बताउनुभयो ।

दौरासुरुवाल लगाउन राष्ट्रपतिदेखि अरू दलका नेताले पनि आग्रह गरेको प्रचण्डको भनाइ छ । ‘प्रधानमन्त्री नियुक्त गर्दा राष्ट्रपतिले तपाईँलाई दौरासुरुवालमा हेर्न मन छ भन्नुभयो, मुख्य साझेदार केपी वलीजी, हाम्रै पार्टीका नारायणकाजीजीले पनि दौरासुरुवाल लगाएरै शपथ लिनुपर्छ भन्नुभयो, मैले पनि लगाएँ’, उहाँले भन्नुभयो ।

तिनिधिसभामा विश्वासको मत, कांग्रेससँग कुनै सहमति नभएको प्रस्ट

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेससँग कुनै सहमति नभएको प्रस्ट पारेका छन् । प्रतिनिधिसभामा विश्वासको मत लिएर बाहिरने क्रममा संसद् भवन बाहिर सञ्चारकर्मीसँगको कुराकानीका क्रममा दाहालले उक्त धारणा राखेका हुन् ।प्रधानमन्त्रीलाई कांग्रेसले कुन सर्तमा विश्वासको मत दियो भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री दाहालले भने, ‘कुनै सर्त छैन ।’

विश्वासको मतको प्रस्तावमाथिको छलफलमा सत्ता साझेदार एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको पनि प्रधानमन्त्री दाहालले रक्षा गरेका छन् । ओली र आफूबीच कुनै मतभेद नरहेको पनि उनले दाबी गरे ।

दाहालले संसद्‌मा पाएको अपार समर्थनले गर्व र ठूलो चुनौती थपिएको महसुस गरेको पनि बताए । उनले भने, ‘मैले जे प्रतिबद्धता जाहेर गरेको छ त्यो पूरा गर्न विश्वासको मतले जिम्मेवारी र चुनौती थपेको छ । ती प्रतिबद्धता पूरा गर्ने उर्जा दिएको छ ।’

विपक्षमा जम्मा २ मत

दुई सय ७५ सदस्यीय संसदमा आज दुई सय ७० जना सांसद उपस्थित थिए । दुई सय ६८ जनाले प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डको पक्षमा र जम्मा दुई जना सांसदले विश्वासको मतको विपक्षमा मतदान गरेका छन् । प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार उहाँले आज विश्वासको मत लिनुभएको हो ।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा प्रचण्डले पाएको मत ९९ प्रतिशतभन्दा धेरै हो । यसअघि गएको पुस १० गते नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र गरेर एक सय ६९ जना सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । तर आज संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले पनि प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेपछि प्रचण्ड नेपालको इतिहासमै सबैभन्दा धेरै सांसदको समर्थन पाउने प्रधानमन्त्री पनि बन्नुभएको छ ।

आज बिहान बसेको नेपाली कांग्रेसको कार्यसमितिको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने निर्णय गरेको हो । बैठकले सरकारमा सहभागी नहुने तर विश्वासको मत दिने निर्णय गरेको हो । कांग्रेसका महामन्त्री गगन थापा, विश्वप्रकास शर्मा र नेताहरू अर्जुननरसिंह केसी, प्रदीप पौडेल र प्रकाशमान सिंहले भने प्रचण्डलाई विश्वासको मत दिने निर्णयमा फरक मत राख्नुभएको छ । फरक मत राखे पनि पार्टीले जारी गरेको ‘ह्विप’ का कारण उहाँहर”ले प्रचण्डलाई नै मत दिनुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *