» विराट कोहलीको ४५ औं वनडे शतकमा भारतको जीत

» विराट कोहलीको ४५ औं वनडे शतकमा भारतको जीत

समाचार

Sharing is caring!

भारतका स्टार क्रिकेटर विराट कोहलीले उत्कृष्ट शतक प्रहार गरेको खेलमा भारतले श्रीलंकालाई पराजित गरेको छ । मंगलबार राति गुवाहाटीमा सम्पन्न पहिलो वनडे इन्टरनेशनलमा भारतले श्रीलंकालाई ६७ रनले हराएको हो ।

तीन वनडे खेलको सीरीजमा भारत अब १–० ले अगाडि छ । यही वर्ष वनडे इन्टरनेशनलको विश्वकप पनि खेलिँदैछ, यस्तोमा भारत यसकै तयारीमा जुटेको छ ।

मंगलबारको खेलमा भारतले श्रीलंकालाई ३७४ रनको लक्ष्य दिएको थियो, जबकि श्रीलंकाको टीमले ३०६ रनमात्र बनाउन सफल भयो ।
श्रीलंकाविरुद्ध टी–२० सीरीजमा आराम गरेको विराट कोहलीले वनडे सीरीजमा पुनरागमन गरेका हुन् । कोहलीले उत्कृष्ट खेल प्रदर्शन गर्दै वनडे विश्वकपका लागि आफू तयार रहेको दर्शाए ।

मंगलबारको खेलमा कोहलीले ८७ बलमा ११३ रन बनाए, जसमा १२ चौका तथा एक छक्का समावेश छन् । उनको यो ४५ औं वनडे शतक हो ।

कोहलीका अतिरिक्त रोहित शर्माले पनि उत्कृष्ट ब्याटिङ गरे । शर्माले ८३ रन बनाए । शर्माले पहिलो ओभरमै आक्रामश शैली अपनाएर श्रीलंकाका बलरमाथि खनिएका थिए । यद्यपि, उनी आफ्नो ३० औं शतकबाट भने चुके । रोहितसंगै ओपनिङ गर्न आएका शुभमन गिलले पनि ७० रन बनाए ।

भारतले दिएको ३७४ रनको लक्ष्य पछ्याउने क्रमा श्रीलंका प्रारम्भमै दवावमा देखियो । श्रीलंकालाई पावरप्लेमै सुरुवाती झट्का लाग्यो । यद्यपि, उसका कतिपय ब्याट्सम्यानहरुले उत्कृष्ट खेल प्रदर्शन गरे । पुथम निकांशाले ७२ रन बनाए भने धनञ्जय डि सिल्भाले ४७ रनको योगदान दिए । खेलको अन्त्यमा कप्तान दानुस शनाकाले ८८ बलमा १०८ रन बनाए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *