सरकार भएको अनुभूति दिलाउदैं प्रचण्ड सरकार

सरकार भएको अनुभूति दिलाउदैं प्रचण्ड सरकार

समाचार

Sharing is caring!

काठमाडौँ।  पुस १० गते आफूसँगै राजनीतिको मुल प्रवाहलाई अर्कोमा बदलेर त्यसको स्टेरिङ  आफनो हातमा लिएको प्रचण्ड सरकारले तिव्र गतिको स्पीड पक्रि सकेको छ । सरकारले यो अबधिमा इन्धनको मूल्य घटाउनु, सातै प्रदेशबाट श्रम स्वीकृतिको थालनी गर्नु,पासपोर्ट लिन लाइन बस्नुपर्ने व्यवस्थाको अन्त्य,विदेशबाट २ वटासम्म मोवाइल ल्याउन पाउने व्यवस्था, सेयर बजारले ३ सय अंकले बृद्धि हुनु लगायत मलेसियामा अलपत्र परेका नेपाली नागरिकको उद्धारका लागि सक्रिय पहल,कम्बोडियामा मृत्यु भएका निराकार पाण्डेको शव सरकारले ल्याउने घोषणा गर्नु साना तर जनताका लागि आवश्यक र प्रभावकारी काम हुन ।

सरकारले पूर्णता नपाउदै, गठबन्धनका आन्तरिक मामिलाहरु मिलाउनु पर्ने र प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि गरिरहेको तयारी बीच जनतालाई राहत पुग्ने गरी यति काम हुनु भनेको अब केही प्रगति हुन्छ भन्ने कुराको स्पष्ट संकेत हो ।

हो, प्रचण्डका चुनौती पहाड जतिकै अग्ला छन र अप्ठयारा छन । अंक गणितमा आफनो पार्टीको सिट संख्या कम, गठबन्धन पार्टीका अनेक वेमेल विचार र नीतिसँग सहकार्य गर्नु प्रचण्डलाई सहज बाध्यता छैंन । तर प्रचण्डलाई अहिलको उकुस,मुकुस र गुम्सावटबाट जनतालाई राजनीतिक नेतृत्व प्रति आशा देखाउने चुनौतिपूर्ण अवसर छ ।

अहिले प्रचण्डमा देखिएको गहिरो संकल्प र तीव्र इच्छा शतिmले सकारात्मक परिणाम देखाउन थालेको छ । विश्वासको मतको तयारी अन्य पार्टीसँगको छलफल,मन्त्रिमण्डलले पूर्णता पाइनसकेको अवस्थामा प्रधानमन्त्री प्रचण्डको अग्रसरता र पहलमा हातका औंला गने भन्दा बढि जनतालाई सुविधाको डेलिभरी दिनु सामान्य गतिको काम होइन । आफनो पार्टीको मात्र होइन सिङ्गो राष्ट्रको साखलाई माथि उठाउने जिम्मेवारी प्रचण्डको काँधमा आएको छ ।

समयले प्रचण्डलाई राजनीतिक नेता भन्दा धेरै माथि उठाउने जमर्को गरिरहेको छ । प्रचण्डलाई अब कुनै लाभ,हानीको हिसाव कितावमा फस्नुपर्ने छैन । बस गर्नु जनताको अवस्था बदल्ने विकासको क्रान्ति, समृद्धिको क्रान्ति मात्र ।यसमा अर्को चुनौती थपिएको छ कर्मचारीतन्त्र । अटेरी,ढिलासुस्ती, झन्झट यहि पारालाई बदलेर एउटा विधिमा प्रशासन चलाइएन भने फेरि पनि अवस्थाले पुरानै गोलचक्कर काटिरहने छ । त्यसैले सबैले सोचौं प्रधानमन्त्री प्रचण्डको काम गर्ने इच्छालाई सहयोग र हौसला प्रदान गरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *