» बाबुरामका ४ प्रयोग असफल, समाजवादी केन्द्र होला त सफल ?

» बाबुरामका ४ प्रयोग असफल, समाजवादी केन्द्र होला त सफल ?

समाचार

Sharing is caring!

काठमाडौं । एउटा राजनीतिक पार्टीका लागि चाहिने आधारभूत सांगठनिक संरचना पूरा गरिनसक्दै डा. बाबुराम भट्टराई नेतृत्वको पार्टी नयाँ निर्णयका लागि अघि सरेको छ ।

आइतबारदेखि काठमाडौंमा सुरु भएको भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को राजनीतिक समितिको प्रथम बैठकको एजेन्डा छ, नेकपा माओवादी केन्द्रसँग एकता ।

राजनीतिक समितिबाट छलफल सुरु भएको यो एजेन्डामाथि निर्णय भने कार्यकारी समितिबाट हुने छ । भट्टराई आफैंले यसबारे निर्णय लिने र कार्यान्वयन गर्ने जिम्मेवारी केन्द्रीय कार्यकारिणी समितिलाई दिनुपर्ने प्रस्ताव गरेका थिए ।

देशमा बलियो समाजवादी केन्द्र आवश्यक भएको भन्दै त्यो आफूहरु एक्लैको शक्तिले सम्भव नहुने भएकाले अन्य पार्टीहरुसँग एकतामा जानुपर्ने भट्टराईको तर्क छ । पछिल्लो समय उनले यसलाई निकै जोडतोडका साथ उठाउने समेत गरेका छन् ।

‘हामीले भने जस्तो अग्रगामी, प्रगतिशील, लोकतान्त्रिक तथा समावेशी चरित्रको समाजवादी पार्टी निर्माणका लागि थुप्रै चुनौतीहरु छन्,’ भट्टराईले राजनीतिक समितिमा पेस गरेको दस्तावेजमा भनिएको छ, ‘हामी एक्लैले ती चुनौतीहरु सामना गर्न सम्भव हुँदैन ।’


Leave a Reply

Your email address will not be published. Required fields are marked *