» कालीकोटमा विद्युत् सेवा अवरुद्ध

» कालीकोटमा विद्युत् सेवा अवरुद्ध

समाचार

Sharing is caring!

कालीकोट – कालीकाेटमा विद्युत् सेवा अवरुद्ध भएको छ । भोल्टेज कम भएकाले कालीकोट जिल्लाभर हिजो मङ्गलवारदेखि विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण कालीकोट वितरण केन्द्रले जनाएको छ ।

विद्युतको भरमा रहेको जिल्लाका सञ्चारमाध्यम, टेलिफोन सेवा, सरकारी कार्यालयको कामसमेत प्रभावित भएको छ । यस्तै जुम्लामा राष्ट्रिय प्रसारण लाइन अवरुद्ध बनेको छ ।

विद्युत् सेवा अवरुद्ध हुदाँ कालीकोटदेखि जुम्लासम्मकै स्थानीय अन्धकारमा बस्न बाध्य भएका छन् । स्थानीयले विद्युत् सेवा सञ्चालनका लागि प्राधिकरणले ढिलासुस्ती गरेको बताएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *