यीनै हुन् भारतबाट नेपाल आउँदै गरेकी नेपालि चेली जो बस दुर्घटनामा बाटोमै आस्ताईन् !

यीनै हुन् भारतबाट नेपाल आउँदै गरेकी नेपालि चेली जो बस दुर्घटनामा बाटोमै आस्ताईन् !

समाचार

Sharing is caring!

काठमाण्डाै – भारतको लखनउमा भएको दुर्घटनामा ज्यान गुमाएका तीन नेपालीको परिचय खुलेको छ । अस्ति शनिवार राति १२ बजेतिर लखनउमा बस दुर्घटना भएको र दुर्घटनामा परि तीन नेपालीको ज्यान गएको हो।

टीकापुर नगरपालिका १ नयाँबस्तीका चन्द्रबहादुर साउद, ज्योतिनगरका ललित साउद र निर्मला बोहोराको ज्यान गएको पुष्टि भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख देवेन्द्रबहादुर पालले जानकारी दिनुभयो । घटनापछि उनीहरुको आफन्तहरु भारत गएका पनि उहाँले जानकारी दिनुभयो ।

अहिलेसम्म पाएको जानकारी अनुसार दुर्घटनामा बस चालक भारतीय नागरिकको पनि ज्यान गएको छ । दुर्घटनामा सात जना नेपाली घाइते भएका खबर आएको कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले जानकारी दिनुभयो ।

शनिवार राति १२ बजे भारतको लखनउबा १४ किलोमिटर नेपालतर्फ यूपी उन्नाउ भन्ने स्थानमा बस दुर्घटना भएको हो । दुर्घटनामा करिब ६२ जना घाइते भएको बताइएको छ । उनीहरूको उपचार भइरहेको छ । बसमा नेपालीसँगै केही भारतीय नागरिक पनि सवार रहेको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *