डोटीमा घास काट्न जाने क्रममा भिरबाट लडेर एक युवतीको मृ’ त्युु भएको छ । शिखर नगरपालिका – १ कि २१ बर्षिया अमिशा शाहीको घाँस का’ ट्न जाने क्रममा भिरबाट लडेर मृ’ त्यु भएको हो।
बुधबार दिउँसो घर नजिकै घाँस का’ ट्न जाने क्रममा भिरबाट लडेर मृ’ त्यु भएको थियो । उनि जाडो बिदामा डोटी घर गएकी थिइन् । मृ ‘तक अमिशा कैलालीस्थित एश्वर्य बहुमुखी क्याम्पसमा स्नातक प्रथम बर्षमा अध्ययनरत थिइन् ।
यो पनि: निसास्सिएर पर्सामा दुई जना भारतीय मजदुरको मृ ‘त्यु, काठमाडौँ- पर्साको कोइला डिपोमा कार्यरत दुई जना भारतीय कामदारको निसास्सिएर मृ ‘त्यु भएको छ । वीरगञ्ज महानगरपालिका–२२ जगनाथपुरस्थित त्रिपती ट्रेडिङ एण्ड सप्लायर्सको कोइला डिपोमा कार्यरत,
दुई जना भारतीय कामदारको निसास्सिएर मृ ‘त्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी एवं डिएसपी दिपक गिरीले बताए । मृ ‘त्यु हुनेमा भारत बिहारको मोतिहारी जिल्ला रक्सौल थाना कौवाठेगर–७ निवासी २९ वर्षीय पवित्र गिरी र भारत निवासी ३० वर्षीय मिथलेश यादव छन् ।
पत्थर कोइला बालेर झ्यालढोका बन्द गरी कोठामा सुतेका दुबै जनाको अक्सिजन कमी हुँदा निसास्सिएर मृ ‘त्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ ।