नवलपरासीमा ट्रक र भ्यान ठाेक्किँदा एक जनाकाे ज्यान गयाे

नवलपरासीमा ट्रक र भ्यान ठाेक्किँदा एक जनाकाे ज्यान गयाे

समाचार

Sharing is caring!

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तपश्चिम) को सुनवलमा आज बिहान ट्रक र भ्यान ठाेक्किँदा एक जनाकाे ज्यान गयाे । अर्का एक जना गम्भीर घाइते भएका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत सुनवल नगरपालिका–४ मा रहेकाे अल्कत्रेडाँडामा ना ४ च ९६३१ नम्बरको भ्यान र ना ५ ख ९७१५ नम्बरकाे कोइला बोकेको ट्रक ठाेक्किँदा दुर्घटना भएकाे हाे ।

दुर्घटनामा गम्भीर घाइते भएका भ्यान चालक चितवन भरतपुर महानगरपालिका–१४ का ५२ वर्षीय राजकुमार विकको पृथ्वीचन्द्र अस्पताल परासीमा उपचारका क्रममा ज्यान गएकाे हाे ।

दुर्घटनामा घाइते भरतपुर महानगरपालिका–२३ का २५ वर्षीय शिव श्रेष्ठको देवदह मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएकाे छ ।

उहाँको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरीले ट्रक चालक मकवानपुरको मनहरी गाउँपालिका–३ का ४८ वर्षीय कान्छा तामाङलाई पक्राउ गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *