काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई महाभारतको कृष्ण र माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अर्जुनको उपमा दिएका छन् ।
शुक्रबार राष्ट्रिय सभामा विशेष समय लिएर गौतमले पछिल्लो राजनीतिक घटनाक्रममा ओली कृष्ण र प्रचण्ड अर्जुनका रुपमा देखा परेको टिप्पणी गरेका हुन् । ‘…जुन आजको स्थिति बिग्रेको छ भनिएको छ त्यसको निम्ति मुल कृष्ण बनेर भूमिका खेल्ने हुनुहुन्छ– एमालेका अध्यक्ष’ गौतमले जोडे, ‘पात्र त प्रचण्ड नै हो ।’
ओली र प्रचण्डको भूमिकालाई महाभारतसँग जोड्दै गौतम अगाडि थप्छन्, ‘यसपटक हाम्रो देशमा घटेको राजनीतिक महाभुकम्पमा मुख्य योजनाकार, रचनाकार, मार्ग दर्शक केपी ओली हुन । तर मुख्य पात्र प्रचण्ड हुनुभएको छ ।’
गौतमले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने मिल्ने पनि बताएका छन् । संविधानमा प्रतिपक्षी भन्ने शब्द नरहेको उनको दलिल छ ।