» गठबन्धन गरेपछि किन पार्टी चाहियो ? : वामदेव गौतम

» गठबन्धन गरेपछि किन पार्टी चाहियो ? : वामदेव गौतम

समाचार

Sharing is caring!

काठमाण्डौ – राष्ट्रिय सभा सदस्य वामदेव गौतमले राजनीतिक दलहरूले गठबन्धन गरेर नागरिक स्वतन्त्रताको हनन गरेको टिप्पणी गर्नुभएको छ ।

आज शुक्रवार बसेको राष्ट्रिय सभाको बैठकको विशेष समयमा बोल्दै उहाँले भन्नुभयो, ‘गठबन्धन गरेपछि किन पार्टी चाहियो ? विसं २०७४ को चुनाव र भर्खरै सम्पन्न चुनावमा पनि गठबन्धन गरियो, जसले गर्दा नागरिकले कुन दल र कस्ता एजेन्डालाई छनोट गर्ने भन्ने अधिकार हनन भएको छ ।’ उहाँले ठूला दलले गठबन्धन गर्दा नागरिक स्वतन्त्रताको अधिकार हनन भएको दाबी गर्नुभयो ।

सांसद गौतमले कांग्रेसले सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने निर्णय सकारात्मक रहेको बताउनुभयो । उहाँले पछिल्लो राजनीतिक परिस्थिति र गठबन्धन सरकारलाई राजनीतिको महाभूकम्पको संज्ञा दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *