बलिउड अभिनेत्री मलाइका अरोरा नेपाल आईपुगिन, आखिर किन आएकी हुन् नेपाल ?

बलिउड अभिनेत्री मलाइका अरोरा नेपाल आईपुगिन, आखिर किन आएकी हुन् नेपाल ?

समाचार

Sharing is caring!

काठमाडौं । बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोरा आज काठमाडौं आइपुगेकी छन्। बिहीवार दिउँसो त्रिभुवन विमानस्थलमा अवतरण गरेकी उनले नेपाल आउन पाउँदा खुशी लागेको बताइन् । आफू छोटो अवधिका लागि नेपाल आए पनि भरपुर रूपमा समयको सदुपयोग गर्ने उनले बताइन् ।

नेपाल रत्न तथा आभूषण संघले दरबारमार्गमा आयोजना गर्न लागेको फेसन रनवे अर्थात् चौथो जेम एण्ड ज्वेलरी एक्स्पोमा शो–स्टपरको रूपमा भाग लिन मलाईका नेपाल आएकी हुन् । ज्वेलरी फेसन शोमा मलाइका नेपाली पोशाक र गरगहनाका साथ र्‍याम्पमा उत्रिने संघले जनाएको छ।

उनी आज बेलुका हुने ‘ज्वेलरी फेसन रनवे एण्ड एक्स्पो २०२३’ मा सहभागी हुनेछिन् । मलाइका यसअघि पनि नेपाल आइसकेकी छन्। सेतो विन्टर ज्याकेट र कालो चस्मामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेकी मलाइका रनवेमा भने नेपाली पोशाक र गरगहनामा प्रस्तुत हुनेछिन्।

नेपाली रत्न तथा आभूषणलाई विश्वमाझ चिनाउने उद्देश्यले तीन दिने एक्स्पो आयोजना गरिएको हो । मलाइका बलिउडकी फेसन कन्सस अभिनेत्री हुन्, जसको स्टाइललाई पछ्याउने किशोरी नेपालमा प्रशस्त छन् ।

एक्स्पोको उद्घाटन भोलि (शुक्रबार) होटल याक एन्ड यतिमा १२:३० मा हुने तय भएको संघले जनाएको छ। पुस २९ देखि १ माघसम्म एक्स्पो हुनेछ । नेपाली रत्न तथा आभूषणलाई विश्वमाझ चिनाउने उद्देश्यले आयोजना गरिएको तीन दिने एक्स्पोमा सर्वसाधारणले निः शुल्क प्रवेश पाउने छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *