काठमाडौं महानगरले निर्माण र कृषिको बजेट घटाउने, शिक्षामा बढाउने

काठमाडौं महानगरले निर्माण र कृषिको बजेट घटाउने, शिक्षामा बढाउने

समाचार

Sharing is caring!

काठमाडौं । काठमाडौं महानगरपालिकाले १२ औं नगर सभाबाट चालु आर्थिक वर्षको बजेटका कार्यक्रम हेरेफेर गर्न संशोधन प्रस्ताव ल्याएको छ ।

नगरसभा बैठकमा उपप्रमुख सुनीता डंगोलले सार्वजनिक निर्माण, वातावरण र कृषि क्षेत्रमा बजेट घटाएर सामाजिक विकास, शिक्षा लगायत क्षेत्रमा बजेट बढाउन प्रस्ताव गरेकी हुन् ।

महानगरले चालु आर्थिक वर्षमा सार्वजनिक निर्माणमा ८ अर्ब ३१ लाख रुपैयाँ सार्वजनिक निर्माणमा बजेट छुट्याएको थियो । जसमध्ये ९ करोड ४९ लाख घटाउन संशोधन प्रस्ताव गरेको छ । चालु आर्थिक वर्षको लागि सामाजिक विकासमा ४४ करोड १२ लाख विनियोजन भएकोमा २० करोड थप गरी ६४ करोड १२ लाख रुपैयाँ बनाउन प्रस्ताव भएको छ ।

स्वास्थ्य तथा पशु क्षेत्रमा महानगरले विनियोजन गरेको ५७ करोड ३ लाखमा १७ करोड ६८ लाख थप गरी ७४ करोड ७१ लाख बनाउन उपप्रमुख डंगोलले प्रस्ताव गरेकी छिन् । यस्तै वातावारण तथा कृषि क्षेत्रमा ५६ करोड १५ लाख विनियोजन भएकोमा १ करोड ५ लाख घटाएर ५५ करोड १० लाख रुपैयाँमा झार्न प्रस्ताव भएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *