सन्दीपका दाजुले बुझाए २० लाख धरौटी, दिउसो ३ बजे सम्ममा सन्दीप छुट्ने

सन्दीपका दाजुले बुझाए २० लाख धरौटी, दिउसो ३ बजे सम्ममा सन्दीप छुट्ने

समाचार

Sharing is caring!

नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने धरौटी तिरेर आज रिहा हुँदैछन् । हिजो उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो । पूर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालतको आदेश बदर गर्दै न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई २० लाख धरौटी माग गरेको थियो ।

यसैबीच आज क्रिकेटर सन्दीप लामिछानेका दाजुले जिल्ला अदालतमा धरौटी बुझाएका छन् । हिजो (बिहिबार) उच्च अदालतले धरौटीमा रिहा गर्नका लागि आदेश दिएसँगै सन्दीपका दाजु मोहन लामिछानेले जिल्ला अदालत काठमाडौंमा २० लाख रुपैयाँ धरौटी बुझाएका हुन् ।

अब सो रकम बुझाएको रसिद कारगारमा पेश गरेपछि लामिछानेको स्वास्थ्य परीक्षण गरेर जिल्ला अदालत लगिने त्यहाँबाट तारेख लिएपछि उनी रिहा हुने कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले बताए । एक नाबालिकलाई जबरजस्ती करणी गरेको मुद्दामा नेपाली क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने आज दुई देखि तीन बजेसम्ममा छुट्ने भएका छन् ।

सन्दीपको तर्फबाट मुद्दा लडेका कानुन व्यवसायी सरोज कृष्ण घिमिरेले आज सुन्धारा कारागारमा सन्दीप लामिछानेसँग भेट गरेर फर्किएपछि सञ्चारकर्मीसँग कुरा गर्दै लामिछाने दिउँसो दुई देखि तीन बजेसम्म छुट्ने बताए । बिहीबार न्यायाधीशद्वय ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले सन्दीपलाई २० धरौटीमा छाड्न आदेश दिएको हो ।

नाबालिग बला.त्कार मुद्दामा काठमाण्डौ जिल्ला अदालतले गएको कात्तिक १८ गते मुद्दाको अन्तिम टुङ्गो नलागुन्जेलसम्म थुनामा राख्न दिएको आदेशविरुद्ध लामिछानेले उच्च अदालत पाटनमा निवदेन दिएका थिए । त्यसैमा सुनुवाइ गर्दै उच्च अदालतले उनलाई धरौटीमा छाड्ने आदेश गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *