विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउन आवश्यक छः प्रधानमन्त्री प्रचण्ड

विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउन आवश्यक छः प्रधानमन्त्री प्रचण्ड

समाचार

Sharing is caring!

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विद्यालय तहमा नै योग शिक्षाको अध्ययन, अध्यापन गराउन सरकारले भूमिका खेल्ने बताउनुभएको छ ।

आज भक्तपुरमा गरिएको ८औँ राष्ट्रिय योग दिवस विशेष कार्यक्रममा उहाँले मानसिक रुपमा पनि तन्दुरुस्त हुन विद्यालय तहमा नै योग शिक्षाको अध्ययन गराउनुपर्ने बताउनुभयो । मानिसहरुको आध्यात्मिक चिन्तन, मनोविज्ञान, ध्यान, योगको कमीका कारण आइरहेका समस्या समाधान गर्न योग र साधनाको आवश्यक रहेकोमा उहाँको जोड छ ।

भौतिक रुपले विकसित बनेका देशमा पनि आध्यात्मिक चिन्तन, मनोविज्ञान, ध्यान, योगको कमीका कारण थुप्रै मानिस डिप्रेसनमा पर्ने गरेको भन्दै प्रधानमन्त्री प्रचण्डले भौतिक विकास मात्रै सबथोक नरहेको बताउनुभयो । उहाँले योग शिक्षालाई नागरिकको पहुँचसम्म पुर्याउन सरकारको तर्फबाट संस्थागत व्यवस्थापन गर्ने प्रतिबद्धता पनि जनाउनुभयो ।

प्रधानमन्त्री दाहालले योग शिक्षालाई जनस्तरमा पुर्याउन सरकारको तर्फबाट संस्थागत व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनु भयो । उहाँले संस्कृति, पहिचान र परम्पराको जगेर्ना गर्न र आफू चुस्त रहन योग शिक्षालाई संरक्षण गर्न आवश्यक भएको बताउनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *