खाल्डोमा पुरिएको अवस्थामा ८ वर्षीय छोराको शव भेटियो, आमा र सौतेनी आमा पक्राउ

खाल्डोमा पुरिएको अवस्थामा ८ वर्षीय छोराको शव भेटियो, आमा र सौतेनी आमा पक्राउ

समाचार

Sharing is caring!

डडेलधुरा । डडेलधुरामा एक बालकको शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । आलिताल गाउँपालिका–८ डाँडाखर्कका आठ वर्षीय बालक भरत बोहराको शव शनिवार खाल्डोमा गाडिएको अवस्थामा भेटिएको हो ।

घर नजिकै खाल्डोमा पुरिएको अवस्थामा रहेको शव उत्खनन गरेर निकालिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुसुमबहादुर नायकले जानकारी दिए । उनका अनुसार घटनाकोअनुसन्धानका लागि मृतक बालककी आमा ३४ वर्षीया कलामती र सौतेनी आमा ३० वर्षीया जानकीलाई नियन्त्रणमा लिइएको छ ।

मृतक बोहरा यही पुस १२ गतेदेखि घरपरिवारको सम्पर्कमा थिएनन् । उनको परिवारले प्रहरीलाई जानकारी गराएपछि खोजबिन गर्दा शव खाल्डोमा पुरिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक नायकले बताए । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । रासस

यो पनि / सफाइ अभियान चलेपनि बागमती नदीमा फोहर फाल्न रोकिएन, काठमाडौँ- लामो समयदेखि सफाइ अभियान सञ्चालन गरेपनि बागमती नदीमा फोहर फाल्न रोकिएको छैन । अभियानकर्मी किशोरसिंह शाहीले अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्माण गरेको भकारी एवं चौरमा बसी गुह्यश्वरी मन्दिर अगाडि गौरीघाट नजिकैको नदी किनारमा फोहोर फाल्ने काम नियमित भएको बताए ।

उनका अनुसार अझैपनि बागमती नदीमा मोटरका पार्टपूर्जा, बियरका क्यान, मोटर साइकलका टायर, घरबाट निस्किने फोहर फाल्ने गरिएको पाइएको छ । सफाइको मुख्य जिम्मेवार स्थानीय सरकारको भएपनि काठमाडौँ महानगरपालिकालगायत काठमाडौँ उपत्यकाका अन्य नगरपालिकाले काम गर्न सकेका छैनन् ।

स्थानीय सरकारले फोहर फाल्नेलाई दण्ड जरिवाना नगरेसम्म नदी सफाइ अभियान सफल नहुने उनको अनुभव छ । बागमती सफाइ महाअभियानले विसं २०७० जेठ ५ मा सफाइ सुरु गरे पनि तीन वटै तहका सरकारले प्रभावकारी रुपमा काम नगर्दा अभियानकर्मीले दुःख प्रकट गरेका छन् ।

बागमती सफाइ अभियानको ५०५औँ हप्तामा आज गौरीघाट नजिकै अधिकार सम्पन्न बागमती समितिका अध्यक्ष उद्धवप्रसाद तिमिल्सिना, अधिकार सम्पन्न बागमती समितिका कर्मचारी, तिलगङ्गा महिला समूह एवं बागमती अभियानकर्मीले सफाइ गरी एक दशमलव पाँच मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन गरेका छन् ।

सफाइ अभियानबाट उठाइएको फोहर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुको ट्रकमा हालेर व्यवस्थापन गरिएको छ । अर्को शनिबार आगामी माघ ७ गते पनि गौरीघाट क्षेत्रमै सफाइ गरिने जनाइएको छ । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ प्रत्येक हप्ताको शनिबार बिहान ७ः३० बजेदेखि ९ः३० बजेसम्म दुई घण्टा नदी सफाइ हुँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *